‘घुइम घुइमके’ थारु म्युजिक भिडियो सार्वजनिक

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकेन्द्रराज चौधरीको प्रस्तुती रहेको घुइम घुइमके ताकैबाली गीतको भिडियोमा एन्डिसा चौधरी, देविन चौधरी र आकृति चौधरीले अभिनय गरेका छन्। सुनसरी र सप्तरीमा छाँयाकन गरिएको भिडियो श्रवन चौधरीले खिचेका छन् भने रजनीश चौधरीले कोरियोग्राफी गरेका छन्।

प्रदीपकै शब्द रहेको गीतमा अन्नु चौधरी र मनोज महतोले स्वर दिएका छन्। सुदीप खतिवडाको कम्पोज रहेको गीत विजय चौधरीले अरेन्ज गरेका छन्।




Leave a Reply

Your email address will not be published.