सुमित्रा चौधरी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

असार १८ गते लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्ये सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी–जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ ।

त्यस्तै मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्येबाट गर्नुपर्ने उल्लेख छ । सोमबार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका बोर्ड सदस्यमा फुटबलर हरि खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी छन् ।

त्यस्तै परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *