भतिजाको स्मृतिमा वडाध्यक्ष नेपालु चौधरीद्वारा साढे चार लाखको प्रतीक्षालय निर्माण

नेपाल नेत्रज्योती संघअन्तर्गत सञ्चालित लमही आँखा अस्पताल दाङमा एक वडाध्यक्षले भतिजाको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन्। लमही नगरपालिका-२ का वडाध्यक्ष नेपालु चौधरीले भितजा स्वर्गीय सुशिल चौधरीको स्मृतिमा चार लाख ५० हजार लगानीमा निर्माण गरिदिएका हुन्।

आँखाका सेवा लिन आउने बिरामीलाई सहजताका लागि प्रतीक्षालय र त्यसमा टिभी, बेञ्चलगायतका सामग्री पनि चौधरी परिवारले सहयोग गरेकोे अस्पतालले जानकारी दिएको छ।

सो अवसरमा वडाध्यक्ष चाैधरी र उनकाे बुबा कृष्ण चाैधरीलाई नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पताल सम्मान गरेको थियो। लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेले सम्मान-पत्रसहित दाेसल्ला ओढाई सम्मान गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *