रुपन्देहीबाट एयपोर्ट सारेर ल्याउँ, त्यहाँको संरचना उठाएर ल्याउँ भनेका छैनौं : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रुपन्देहीमा विकासको गतिलाई राजधानी हुने र नहुने विषयले रोक्न नसक्ने बताएका छन्।

राजधानीसँगै रुपन्देहीको विकासको संरचना, अन्तर्राष्ट्रिय विमानस्थल, भालुबाङ आए पो चित्त दुखाउन जायज हुने भन्दै उनले रुपन्देहीबासीलाई आश्वासन दिएका छन्।

‘राजधानी बनाउने विषयले रुपन्देहीले सबैथोक गुमाएको र दाङले सबैथोक पाएकोजस्तो एउटाले दुःख र एउटाले खुसीयाली मनाएजस्तो देखियो। राजधानी हुने ठाउँमात्र विकाश हुन्छ भन्ने मान्यता सही हुँदो हो त दुनियामा राजधानी सहरबाहेक अरु ठाउँमा विकासै हुँदैनथियो,’ उनले फेसबुकमा लेखेका छन्।

उनले दाङबासीले विकासका लागि भन्दा पनि संघीयताको औचित्य पुष्टि गर्न दाङ राजधानी हुनुपर्छ भन्दै आएको बताए। ‘लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र प्रदेशको सेन्टरमा परोस्। यस प्रदेसको पूर्व-पश्चिम, उत्तर-दक्षिण जिल्लाको बीच भागमा होस् भन्ने हाम्रो चाहना र पहल थियो,’ उनले भनेका छन्।

त्यसैले रुपन्देहीका जनतालाई राजधानी सरेसंगै सबै विकासको गति पनि रोकिन्छ भन्ने सोचाई किमार्थ जायज नहुने उनले बताए। ‘हामीले एयरपोर्ट सार्ने कुरा गरेका छैनौं, विकासको संरचना उठाएर ल्याउ भनेका छैनौं। केवल प्रशासनिक केन्द्र सबैको पायक पर्ने ठाउँमा हुनुपर्थ्यो भनेका हौं। जुन अहिलेको निर्णय स्वागतयोग्य छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *