अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले थारु गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। घुइम घुइमके ताकैबाली बोलको गीतको म्युजिक भिडियोमा उनले निर्देशन गरेका हुन्।

भिडियोमा एन्डिसा चौधरी, देविन चौधरी र आकृति चौधरीले अभिनय गरेका छन्। सुनसरी र सप्तरीमा छाँयाकन गरिएको भिडियो श्रवन चौधरीले खिचेका छन् भने रजनीश चौधरीले कोरियोग्राफी गरेका छन्।

प्रदीपकै शब्द रहेको गीतमा अन्नु चौधरी र मनोज महतोको स्वर रहेको छ। सुदीप खतिवडाको कम्पोज रहेको गीतमा विजय चौधरीले अरेन्ज गरेका छन्। गीतलाई मीरा साउन्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको हो।

लोकेन्द्रराज चौधरीको प्रस्तुती रहेको गीतको भिडियो असोज २५ गते सार्वजनिक गरिने निर्देशक चौधरीले जानकारी दिए। ‘यो गीतमा पश्चिमदेखि पूर्वका कलाकारहरुको सहभागिता रहेको छ। गीतको भिडियो २५ असाेजमा सार्वजनिक गर्दैछौं। हेरेर सुझाव दिनुहुन सबैमा अनुरोध छ,’ उनले भने।

यसअघि प्रदीपले नेपाली गीत ‘ए कान्छी’ र ‘ए सानु’ बोलको म्युजिक भिडियोको निर्देशन गरेका थिए।

 




One thought on “अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै

Leave a Reply to Bisheswar Prasad chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *