डिल्ली चौधरीद्वारा पार्टीको ह्वीपलाई बेवास्ता गर्दै दाङको पक्षमा मतदान

प्रदेश ५ को प्रदेशसभामा राजधानीको प्रस्तावमा भएको मतदानमा पार्टीले जारी गरेको ह्वीपलाई बेवास्ता गर्दै कांग्रेस सांसद डिल्ली बहादुर चौधरी पक्षमा मतदान गरेका छन्।

मंगलबार बुटवलस्थित प्रदेशसभामा भएको मतदानमा उनीसहित ५ जनाले राजधानी दाङलाई बनाउने प्रस्तावमा मत खसालेका थिए।

त्यस्तै कांग्रेसका १३ जनाले विपक्षमा मतदान गरे। जसमा अष्ठभुजा पाठक, निर्मला क्षेत्री, पुष्षा थरुनी, फखरुदिन खाँ, माला गोतामे सुनार, रमा अर्याल, रिना नेपाल बिक, रुन्धाबति शर्मा, बसिउद्दिन खाँ, बिरबाहादुर राणा, बिरेन्द्र कुमार कनौडिया, बैद्धनाथ कलबार, शान्तिदेवी स्वर्णकार छन्।

दाङबाट निर्वाचित भएका सांसद् डिल्ली बहादुर चौधरीले पार्टी कारबाही गरे पनि आफूले दाङलाई समर्थन जनाउने बताएका थिए। ‘राजधानीको पक्षमा मतदान गर्दा पार्टीको ह्‌विप मान्‍न सकिँदैन। बरु पार्टीको कारबाही सहन तयार छु, तर नजायज कुरा मान्‍न सकिन्‍नँ,’ उनले भनेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *