3

थारु सञ्चालक रहेको क्रिमसन एकेडेमीको बसमा विप्लव समूहद्वारा आगजनी

थारु कल्याणकारणी सभा उदयपुरले असार २६ गते त्रियुगा नगरपालिका ४ बगाहास्थित क्रिमसन एकेडेमी बोडिङ स्कुलको बसमा अगजनी गरेको घटनाको यथार्थ छानविन गरी दोषिमाथि कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

थारूवान

लखन चौधरी/धनगढी। मुक्तकमैया घोषणा भएको आज १७ वर्ष पुरा भएको छ। यो अवधीमा देशको शासन व्यवस्था फेरियो, तर मुक्तकमैयाको जीवनस्तर भने अझै फेरिएन।

थारूवान

विवेकशील थारु युवा समूहले मोरङका अग्निपीडितलाई राहत वितरण गरेको छ। मोरङ ग्रामथान गाउँपालिका-४, मोतिपुरका अर्बनारायण मोदी र जहरी देवी मोदीलाई सो समूहले चामल, भुजा, ब्लांकेट र झुल वितरण गरेको हो।

थारूवान

शुभराज चौधरी। दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो। २०६५ सालदेखि मोही जग्गा वाँडफाँट नगर्ने सरकारी नीतिअनुसार मुद्दा तामेलीमा रह्यो। बुद्धिरामले...

थारूवान

युवा नेता एवं बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सितारम चौधरीलाई पितृशोक परेको छ। सुगर र दमका बिरामी उनका बुबा नन्दलाल थारुको ८५ वर्षको उमेरमा आज निधन भएको छ। उनी बर्दिया राजापुर क्षेत्रका समाजसेवी एवं बरघर भएर गाउँ विकासमा योगदान गरेका थिए।

थारूवान

प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक निर्वाचनका लागि पेस गरिने बन्दसूचीको ‘क्लस्टर’ मा थारू र मुस्लिम समुदाय थप्ने प्रस्ताव गरिएको छ । यसअघिको दुईवटा संविधानसभा निर्वाचनमा उक्त दुईवटै समुदायलाई मधेसी प्रतिनिधित्वभित्र राखिएको थियो । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी छुट्टाछुट्टै विधेयकमा समावेशी सिद्धान्तबमोजिम बन्दसूची तयार गर्नुपर्ने...

थारूवान

एमाले नेताहरु चढेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्। ढल्केवर सडकखण्डमा स्कुल बससँग उक्त जिप ठोकिएको प्रहरीले जनाएको छ।

थारूवान

पश्चिम तराईका थारू समुदायमा सिकलसेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ । समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत संकलन गर्न थालिएको हो । जिल्ला जनस्वास्थ्यले रगत नि:शुल्क जाँच गरिरहेको छ । एनिमियाको लक्षण देखिएका र...

थारूवान

तत्कालीन माओवादीलाई सहयोग गरेको आरोपमा ०५८ चैत २६ गते सेनाले उनका दाजु रामदासको हत्या गर्‍यो । यो घटनाले लामो समय परिवारलाई पिरोल्यो । दुई वर्षपछि ०६० फागुन ८ गते पति काशीरामको पनि सेनाबाटै हत्या भयो । त्यसपछिका दिन कृष्णकुस्मी थारूका निकै कष्टकर बने ।

थारूवान

धनगढी उपमहानगरपालीका वडा नम्वर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । सोही वडाका स्थानीय बासीन्दा नृप वहादुर वड मेयरमा निर्वाचित पनि भए। तर उनकै वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ। वडा अध्यक्ष सम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौ पटक हण्डर खाए भने...

थारूवान
1 60 61 62 63 64 119