सलिमा

सामा चकेवा मनाउँदै थारु चलचित्रकर्मी

थारु चलचित्र तथा सांस्कृतिक संघले यस वर्ष पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ राजधानीमा मनाउँदैछ। थारुको पहिचान तथा कला संस्कृतिको जगेर्ना र दाजुबहिनीबीचको पबित्र नाता तथा अमर प्रेमको प्रतीकको रुपमा मनाइने यो पर्व उपत्यकामा बसोबास गर्ने थारु समुदायको घर-आँगनमा आयोजना गरिरहेको संघले जनाएको छ।

थारूवान

मिस इनटरनेशनल २०१५ की प्रतिस्पर्धी मेधा कोइरालाले थारु पहिरनमा र्‍याम्पमा उत्रिएकी छन्। जापानको ट्रेडिसनल इम्पेरियर होटलको १ सय २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालकी प्रतिनिधित्व गर्दै जापान पुगेकी कोइरालाले थारु भेषभुषामा सजिएकी थिइन्।

थारूवान

कालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा...

थारूवान

चम्पन सांस्कृतिक समूहले आफ्नो दोश्रो बार्षिक उपलक्ष्यको अवसरमा विविध सांस्कृतिक झंकार कार्यक्रमका साथै विभिन्न क्षेत्रमा योगदान पुयाउने थारु युवाहरुलाई सम्मान कार्यक्रम गरेको छ । सो अवसरमा कृष्णराज सर्वहारी तथा लक्की चौधरी थारु साहित्य तथा पत्रकारितामा योगदान पुयाएको भन्दै सम्मानित भए ।

थारूवान

कारी महतो थारु/चितवन राईका महिलाहरुको महान पर्व जितिया असोज कृष्णपक्षको अष्टमी तिथिका दिन तराईका महिलाहरुले धुमधामका साथ मनाएका छन्। सप्तमी तिथिबाट शुरु भएको जितिया सप्तमीको राती डट्खट् खाएर अष्टमीमा निराहार ब्रत बसेर जितिया मनाएका हुन्। अष्टमीका दिन चितवनका ब्रतालुहरु थारु महिलाहरु बिहानै नुहाएर बेलको पातहरु टिप्न गए। त्यहाँ बेलको...

थारूवान

भारतको अमानवीय नाकाबन्दीको विरोधमा हिन्दी च्यानल रोक्ने केबुल टिभी अपरेटरलाई सरकारले कारवाहीको चेतावनी दिँदै मंगलबार २४ घन्टे स्पष्टिकरण सोधेको छ।

थारूवान

नेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ। ‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए।

थारूवान

चम्पन सांस्कृतिक समूहले यस वर्ष पनि सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपालीको महान् चाड दशैं-तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेको समूहले जनाएको छ। कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समूहका प्रबन्ध निर्देशक नन्दुराज चौधरट्ठले बताए।

थारूवान

कमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ। दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन्। पुस्तक विमोचन गर्दै अन्सारीले पुस्तकले कमलरी प्रथाको सिंगो इतिहास स्मरण गराएको बताइन्। पुस्तकमा समेटिएका कुरालाई सुझावका रुपमा...

थारूवान

कर्फ्युका कारण थारु गाउँमा कृष्ण जन्म अष्टमी नराम्ररी प्रभावित भयो। द्वापर युगमा जन्मेका भगवान श्री कृष्णको जन्मदिनको अवसरमा थारु गाउँमा धुमधामका साथ हरेक वर्ष मनाइने कृष्ण जन्म अष्टमीमा यो वर्ष कुनै पनि रौनक देखिएन।

थारूवान
1 29 30 31 32 33 46