प्रवास

नेपाली कामदार चढेको बस मलेसियामा दुर्घटना, ८ जनाको मृत्यु

मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।

थारूवान

कारी महतो/चितवन। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

थारूवान

अष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।

थारूवान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

थारूवान

कारी महतो/चितवन थारू कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र कतार शाखाले बाढीपीडितका लागि राहत संकलन गरेका छन् । थाकस दक्षिण कोरियाले १ लाख ५ हजार ५ रुपैयाँ र थाकस कतार च्याप्टरले ५५ हजार रुपैयाँ संकलन गरेका छन् ।

थारूवान

आदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो अधिवेशनले मिङ्मा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ। मलेसियामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर पुन मगर, उपाध्यक्षमा आरएन चौधरी, राम तामाङ, पि. टि. शेर्पा र महिला उपाध्यक्षमा दोर्जीमा शेर्पा र सरिता चौधरी छन्।

थारूवान

प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरले थारुहरुको नयाँ वर्ष माघी मनाएका छन्। ‘जातीय पहिचानको संरक्षण प्रवर्द्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराकासाथ माघी महोत्सव मनाएका हुन्। कतार च्याप्टरका सभापति इन्जिनियर अन्जनी कुमार पञ्जियारको अध्यक्षतामा भएको कार्यक्रम मञ्जु चौधरीले सञ्चालन गरेकी थिइन्।

थारूवान

खोटाङको राखाबांदेल–९ की ३२ वर्षीय लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन्। हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबांदेल पनि आइन्। गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान–१ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा बितिन्।

थारूवान

घर बिदामा जाने तयारीमा रहेका एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। सुनसरी, प्रकाशपुरका ३४ वर्षीय विष्णुदेव चौधरीको सुतेकै अवस्थामा यही वैशाख १ गते राति मृत्यु भएको हो। जुबैलस्थित रेड सि हाउजिङ सर्भिसेज कम्पनीमा कार्यरत चौधरीको मृत्यु हृदयघातबाट भएको अनुमान गरिएको छ। उनको मृत शरीरलाई पोस्टमार्टमका लागि यहाँको...

थारूवान