पर्यटन

राजधानीबासी थारुले मनाए भब्य माघ महोत्सव, हेर्नुस् २८ तस्बिर

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर...

थारूवान

थारू समुदायको नयाँ वर्षको अवसरमा माघ १ गते हेटौंडामा पहिलो पल्ट माघी महोत्सव हुने भएको छ। दुई दिन सम्म चल्ने महोत्सवको हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले उद्घाटन गर्ने महोत्सवको आयोजकले जानकारी दिए।

थारूवान

कारी महतो/चितवन। हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ । यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली...

थारूवान

थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक विभिन्न कार्यक्रमसहित मनाइँदैछ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।

थारूवान

इन्द्र चाैधरी। रंगमञ्चको संसार एक अद्भुत संसार। विल्कुलै नयाँ अनि फरक संसार। यही संसारमा भर्खरै बामे सरिरहेको म एक कलाप्रेमी बबुरो, थाहा छैन उभिन सक्छु या सक्दिनँ। तर अहिले भने रंगमञ्च मेरो नशानशामा दौडिरहेको छ। मैले रंगमञ्चको संसारमा जानीनजानी प्रवेश गरे पनि यसले मेरो जीवनमा एउटा ठूलो परिवर्तन ल्याएको...

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक बाँके बैजनाथ गाउँपालिका–१ गाभरफाँट । उत्तर र पूर्वतर्फको चुरे छ भने दक्षिण र पश्चिम सामुदायिक वनले घेरिएको छ । उपत्यका (भ्याली) झैं लाग्ने सुन्दर फाँटमा लस्करै तीनवटा होमस्टे सञ्चालनमा छन् । पहुना बस्नका लागि चिटिक्क परेका साना घर छन् । खाजा खान र विश्रामका लागि गोल घर । त्यसका मालिक हुन्...

थारूवान

दाजु बहिनीको प्रेम प्रतीकका रुपमा रहेको समाचकेवा पर्व रौतहटका थारु समुदायका महिलाहरुले मनाइरहेका छन् । रौतहटको ग्रामिणभेगका किशोर-किशोरीलगायत वृद्ध महिलाहरुले समेत दाजुभाइको दीर्घायुको लागि समाचकेवा पर्ब मनाउदै आएका छन् । गाउघरमा एकत्रित भएका दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्दै आएका छन ।

थारूवान

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ वडामा ५ वर्षदेखि सञ्चालनमा आएको अमलटारी मध्यवर्ती होमस्टे देशभरकै समाज रूपान्तरण गर्ने समुदायका लागि उदाहरणीय बनेको छ । होमस्टेबाट स्थानीयको जीवनयापनमा नचिताएको आर्थिक समृद्धि भइरहेको छ ।

थारूवान

सवि थारु। सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालनम आएको थारु होमस्टेको औपचारिक उद्घाटन नहुँदै उक्त होमस्टेको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ। थारु जातिको संस्कृति, परम्परा र खानपिनको संरक्षण र प्रवर्द्धनका लागि वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँमा पहिलो थारु होमस्टे औपचारिक रुपमा सञ्चालनमा नआउँदै थारु संस्कृति, परम्परा र...

थारूवान

कमल चौधरी/कपिलबस्तु। कपिलबस्तुका थारु समुदायले हर्सोउल्लसका साथ दशैं मनाएका छन्। उनीहरुले पुर्खा पितृको सम्झनामा समूहिक रुपले  खोलामा पित्तर आसराउनुको साथै संस्कृतिक कार्यक्रम गरे। थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक बाणगंगा-८, मोर्मी, बण्डौली र ढोडेकोलका थारुहरु संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका थिए।

थारूवान
1 2 3 15