था.क.स.

थाकसले गर्‍यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।

थारूवान

सुनिल चौधरी/सुनसरी। थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको  छ। 

थारूवान

थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।

थारूवान

धनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। थारुका माग मुद्दामा सरकार अझै गम्भीर नभएको र टीकापुर कान्डमा समितिका संयोजक धनिराम चौधरीलगायत थारुहरुको मुद्दा फर्ता नगरेको भन्दै समितिले आन्दोलनको घोषणा गरेको हो।

थारूवान

कारी महतो थारु/चितवन। नेपाल आदिवासी जनजाति महासंघ, माडी नगरपालिका समन्वय समितिका अध्यक्ष तथा थारु कल्याणकारिणी सभा चितवन माडी क्षेत्रका निवर्तमान सभापति एवम् वर्तमान जिल्ला सल्लाहकार माडी नगरपालिका निवासी कारी चौधरीको आज साँझ ४:५० बजे चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको छ।

थारूवान

संशोधन गरिने संविधानमा नवलपरासीलाई अखण्ड राख्नुपर्ने माग राख्दै थारु कल्याणकारी सभाले प्रधानमन्त्री समक्ष शुक्रबार ज्ञापनपत्र पठाएको छ। नवलपरासी जिल्लालाई नटुक्रयाई नवलपुर क्षेत्रलाई प्रदेश नं ५ मा राख्न माग गर्दै सभाले जिल्ला प्रशासन कार्यालय मार्फतसो ज्ञापनपत्र पठाएको हो।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) उदयपुरकाे अाठाै जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा शिवकान्त चाैधरी, उपाध्यक्षमा देव नारायण चाैधरी, सचिव : पर्शुराम चाैधरी, ससचिवमा बद्रिनारायण चाैधरी र कोषाध्यक्षमा पशुपति चाैधरी छन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले सप्तरीको जण्डौलमा तीन दिने केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ। भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने बताइको छ। सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीका अनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८, १९ र २० गते कार्यक्रम अायाेजना हुनेछ। 

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको बैठकले दुई बुँदे निर्णय गरेको छ। असोज १३ र १४ गते बसेको बैठकले टीकापुरलगायतका घटनामा भइरहेको टीकाटिप्पणीबारे ध्यानकर्षण भएको जनाएको छ। घटनामा पक्राउ परेकाहरुको अवलिम्ब रिहाईको माग पनि समितिले गरेको छ।

थारूवान