था.क.स.

थाकसले भदौ ७ गते विद्रोह दिवस मनाउने, यस्तो छ २१ बुँदे सौरहा घोषणा पत्र

कारी महतो, चितवन। चितवनको सौराहामा असार २१ र २२ गते भएको थारु कल्याणकारिणी सभा (थाकस) को एकीकृत थरुहट राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले तयार पारेको २१ बुँदे सौराहा घोषणा पत्र आज भरतपुरमा पत्रकार सम्मेलन गरी जारी गरिएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीद्वारा हस्ताक्षरित सौराहा घोषणा पत्रको...

थारूवान

कारी महतो/चितवन। थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना गरिएको छ । भेलामा सहभागी हुनका लागि काठमाडौं उपत्यका लगायत तराई र भित्री तराईका २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।...

थारूवान

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको राजीनामा माग गरिएको छ। चितवनको पर्यटकीय नगरी सौरहामा आजदेखि भइरहेको एकीकृत थरुहट राष्ट्रिय भेलामा बोल्ने जिल्ला सभापतिहरुले राजीनामा माग गरेका हुन्। धनिराम चौधरीका कारण आन्दोलन अगाडि बढ्न नसकेको भन्दै नवलपुरका सभापतिले अध्यक्ष धनिराम चौधरीले कि राजीनामा दिनुपर्ने वा कार्यबाहक दिनुपर्ने माग गरेका हुन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को अनुशासन तथा जाँचबुझ समितिले उपमहामन्त्री मीनराज चौधरीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। मानबहादुर चौधरीको संयोजकत्वमा एक महिना अगाडि गठित समितिमा नेमनारायण सिंह थारु र रामराज चौधरी सदस्य छन्।

थारूवान

थारु कल्याणकारिणी सभा, युएईले थारुहरुको नयाँ वर्ष माघी मनाउने भएको छ। हरेक वर्षझैं यसवर्ष पनि विविध कार्यक्रम गरेर माघी उत्सव मनाउने बताइएको छ।

थारूवान

वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् ।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री तथा उपमहामन्त्री चयन गरेको छ। शुक्रबारदेखि जारी दुई दिने बैठकले प्रेमीलाल चौधरीलाई महामन्त्री र मीनराज चौधरीलाई उपमहामन्त्री चयन गरेको हो।

थारूवान

सन्तकुमार चौधरी/चितवन। पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। स्वर्गीय चौधरीको १३औं दिनको अवसरमा खैरहनी नगरपालिकाको वडा नं. ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए। केयर पोलिक्लिनीक प्रालि पर्साले...

थारूवान

कारी महतो/चितवन। पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भूमिसुधार सहायक मन्त्री भएका थिए ।

थारूवान

कारी महतो/चितवन। सडक दुर्घटनामा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ (खैरहनी नगरपालिका) का क्षेत्रीय कार्यसमिति सदस्य साउना महतोको मृत्यु भएको छ ।

थारूवान
1 2 3 13