खेलकुद

डुमरवाना पोत्ता भलिबल प्रतियोगितामा आयोजक, महोत्तरी र धनुषा विजयी

डुमरवाना विकास मञ्चको आयोजनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ। डुमरवाना पोत्ता खुला भलिबल प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरु सहभागी छन्।

थारूवान

कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ। घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ।

थारूवान

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन्। 

थारूवान

अनुराग महतो/युएई। नवलपुर, मध्यविन्दु- २, नन्दपुरका दुर्गा महतो थारु नेपाल राष्ट्रिय भलिबल टिमबाट शुक्रबार एसियन गेम्स खेल्न इन्डोनेसिया जाँदैछन्। २० राष्ट्र सहभागी एसियाडमा नेपाल सम्मिलित समूहमा दक्षिण कोरिया र चाइनिज तपेइ रहेका छन्। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल भदौ ६ गते चाइनिज तपेइसँग र दोस्रो खेल भदौ ८...

थारूवान

क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

थारूवान

इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ ।

थारूवान

बेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

थारूवान

स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्‍याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले...

थारूवान

केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।

थारूवान

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

थारूवान
1 2 3 28