राजनीति

सीमांकनमा यसरी गरिँदैछ संशोधन, ७ प्रदेश नचलाउने

मधेसी, थारु तथा आदिवासी जनजातिको माग सम्बोधन गर्न भन्दै सात प्रदेशको संरचनामा पहिलो पटक संशोधन गरिँदैछ । गत वर्ष असोज ३ गते जारी गरिएको नेपालको संविधानको दोस्रो संशोधनमा प्रदेशको संरचनामा संशोधन गर्न लागिएको हो । संविधानमा उल्लेख भएअनुसारको सात प्रदेशको संरचना कार्यान्वयन नहुँदै संशोधन गर्न लागिएको हो ।

थारूवान

संविधान संशोधनका लागि मधेसी मोर्चासहितको संघीय गठबन्धनले संसद्बाट सरकारलाई दबाब दिने भएको छ। अहिलेसम्म उसले सडकबाट दबाब दिँदै आएको थियो। सरकारले सडकको आवाज नसुनेपछि मोर्चाले संसद्लाई पनि प्रयोग गरेर दबाब दिने रणनीति बनाएको हो।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) उदयपुरकाे अाठाै जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा शिवकान्त चाैधरी, उपाध्यक्षमा देव नारायण चाैधरी, सचिव : पर्शुराम चाैधरी, ससचिवमा बद्रिनारायण चाैधरी र कोषाध्यक्षमा पशुपति चाैधरी छन्।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा थरुहट आन्दोलन, संविधान संसोधन र टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाई सम्बन्धमा कुराकानी भएको थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरीले जानकारी दिए ।

थारूवान

डेढ वर्षपछि बिहीबार धनगढीको माहोल एक्कासी तातियो। गत वर्षको टीकापुर घटनापछि शिथिल बनेको धनगढीको माहोल तताउन टीकापुर घटनामा पक्राउ परेका परिवारहरु अग्रपंक्तिमा रहे। उनीहरुलाई साथ दिएका थिए- थरुहट/थारुवान संयुक्त संघर्ष समिति र संघीय गठबन्धन। हुन त थरुहट/थारुवान संयुक्त संघर्ष समिति पनि विलिन अवस्थामा छ। तर कैलाली समिति भने अझै...

थारूवान

संविधान संशोधन विधेयकमा सरकार र मधेसी मोर्चाका नेताहरू सहमतिनजिक पुगेका छन्। कात्तिकभित्रै संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नेगरी दुवै पक्षका प्रतिनिधिले गृहकार्य सुरु गरेका छन् । सहमति उन्मुख विषय टुंगो लगाउन छठलगत्तै सरकार र मोर्चा नेताहरूले औपचारिक तथा अनौपचारिक छलफल गर्ने छन् । मोर्चानिकट स्रोतका अनुसार संविधान संशोधन विधेयकको...

थारूवान

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’

थारूवान

कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लागेको बताएका छन्। आठौँ थारु कल्याणकारिणीसभा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी र जनजातिका माग संविधान संशोधनमार्फत पूरा गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुर्याएका कारण कात्तिक अन्तिमतिर संशोधन प्रस्ताव अघि बढ्ने मन्त्री चौधरीको भनाइ थियो। संविधानको सफल...

थारूवान

माओवादी केन्द्रकी थारु सांसद दिलमाया धामीले थारु पत्रकार संघ बारा शाखालाई एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्। बाराको कलैयास्थित थारु कल्याणकारिणी सभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताइन्।

थारूवान

थारु पत्रकार संघ नेपालको बारा शाखा गठन भएको छ। थारु कल्याणकारिणी सभाको कलैयास्थित हलमा आयोजित भेलाले रेणु चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको छ। जसको उपाध्यक्षमा जियालाल चौधरी, सचिवमा चन्द्रशेखर चौधरी, सहसचिवमा अनिल चौधरी र कोषाध्यक्षमा सविता चौधरी छन्।

थारूवान