राजनीति

टीकापुर सम्मेलन : सत्तापक्ष थारु नेताको विरोध

टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको सत्तापक्षीय थारु नेताहरुले विरोध  गरेका छन्। तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन्। 

थारूवान

इन्दु थारु। टीकापुरमा हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको चर्चा यत्रतत्र सर्वत्र छ । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनको क्रममा घटेको घटना र त्यही मिति, त्यही स्थानमा थरुहट थारुवान सम्मेलनको घोषणाले अझै ठूलो बहसको विषय बन्न पुगेको छ ।

थारूवान

७ भदौ २०७२ को टीकापुर घटनापछि थारु र पहाडीबीच सद्‍भाव विग्रिएको भन्ने समाचार ब्यापक सुन्नमा आएको थियो। पहिचान र अधिकारका लागि आन्दोलनरत थारु समुदाय र अखण्ड सुदूरपश्चिम बनाउने अभियानमा जुटेका पहाडी समुदायबीचको टकरावले साँच्चै सद्‍भाव विग्रिएको अनुमान गर्न सकिन्थ्यो।

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीका लागि आयोजकले टीकापुर आसपासका विभिन्न गाउँका बरघर, भलमन्सा र जनप्रतिनिधिहरुसँग छलफल गरिरहेको छ।

थारूवान

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा रेशम चौधरीको शब्द संगीत गुन्जिने भएको छ । जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली बोलको गीत गणेश चौधरीले अरेन्ज गर्दैछन् ।

थारूवान

टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ। संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्। 

थारूवान

लखन चौधरी/धनगढी। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक गरेको छ ।सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले सोमबार एक विज्ञप्ती जारी गर्दै भदौ ७, ८ र ९ गते हुने सो सम्मेलनको तालिका सार्वजनिक गरेका हुन् ।

थारूवान

माननीय रेशम चौधरी चौधरी बचाउ अभियान लिएर टीकापुरका युवा राजधानी आएका छन्। उनीहरुले बुधबार माइतीघर मण्डलामा रेशम चौधरी बचाउ भन्दै ब्यानर लिएर धर्नामा बसेका थिए।  ‘माननीय रेशम चौधरी निर्दोष छन्। त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’

थारूवान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच जिल्लाको नेतृत्व थारु नेतालाई सुम्पेको छ। नेकपाको सचिवालय बैठकले कैलाली, नवलपरासी पश्चिम, पर्सा, बारा र उदयपुरमा थारु नेतालाई प्रमुख कमान्डर चुनेका हुन्। त्यस्तै ११ जना थारु नेतालाई सहइन्जार्च तोकिएको छ। 

थारूवान

थरुहट नेता लक्ष्मण थारुले टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको पत्र प्राप्त भएको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको उपत्यका भेलामा उनले २०७२ भदौ ७ गते घटेको त्यो घटनाको जिम्मा वैद्य माओवादीका महासचिवले प्रेस विज्ञप्ती जारी गर्दै लिएको बताए।

थारूवान