राजनीति

थारुहरु अन्तिम लडाइँको तयारीमा छन् : लेखी

थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले संविधान पुनर्लेखन नभएसम्म थारु समुदायको आन्दोलन नरोकिने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक लेखीले संविधान संशोधन थारु समुदायको माग नभएको स्पष्ट पारे। ‘संविधान संशोधन हाम्रो माग होइन। संविधान पुनर्लेखन हुनुपर्छ,’ उनले...

थारूवान

थारु कल्याणकारिणी सभाले कात्तिक ८ र ९ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। थारु आन्दोलनलाई अझ सशक्तरुपले उचाइमा पुर्‍याउन सोमबार बसेको सभाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रिय भेला नवलपरासीको डन्डामा हुने सभाले जनाएको छ।

थारूवान

एकीकृत नेकपा माओवादीका थारु सभासद तथा नेताहरुले संयुक्त राजीनामाको चेतावनी दिएका छन्। संविधान जारी भएको दुई सातामै संशोधन गरेर थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रतिवद्धता पूरा नभएको र सरकारमा पनि सहभागी नगराएको भन्दै माओवादीका थारु नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका छन्।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक-एक थपिए।

थारूवान

सरकारलाई समर्थन गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठकले ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन गरेको हो। समितिमा एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र विद्या भण्डारी,...

थारूवान

थारु मधेसी अगुवाहरुले आन्दोलनको नेतृत्व अब युवाहरुले गर्नुपर्ने बताएका छन्। थारु एराउन्ड दी वर्ल्ड र एसोसिएसन अफ नेप्लिज तरा२ इन अमेरिकाद्वारा संयुक्तरुपमा आयोजना गरेको ‘घोषित संविधानमा मधेसी र थारुको अधिकार स्थापनाको चुनौती’नामक अन्तर्क्रिया कार्यक्रमका वक्ताहरुले नेतृत्वकर्ताहरु सत्ताको खेलमा लागेको बताउँदै अबको आन्दोलन युवा नेतृत्वले गर्नुपर्ने जोड दिएका थिए।

थारूवान

पार्टी अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्रीको हैसियतमा ओली नेतृत्व सरकारमा सहभागी भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पर्सा र बाराको सम्पूर्ण जिल्ला कार्यसमिति र केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।

थारूवान

सीमांकनसहित समानुपातिक समावेशी सिद्धान्त र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत नेकपा माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गरेको छ । बानेश्वरस्थित व्यवस्थापिका संसदमा बसेको तीन दलको संयुक्त बैठकमा ८ बुँदामा सहमति जुटेको थियो । त्यसपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम...

थारूवान

थारु खाने आन्दोलनकारी थारुहरु यस्ता छन्, जो भविष्यमा संसद वा अन्य पदको लागि संघर्ष समितिभित्र हुने छलफललाई प्रमुख दलका शीर्ष नेताहरुलाई ब्रिफ गर्छन्। अर्काथरी थारु खाने थारु यस्ता छन्, जो आफ्ना व्यक्तिगत लाभको लागि समयमा बैठक नबोलाई हप्तौसम्म बैठक नबसाई योजनाबद्धरुपमा थरुहट आन्दोलन तुहाउन लागि परेका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालले आजैको मितिबाट व्यस्थापिका संसदमा सहभागी हुने भएको छ। पार्टीले ३९ बुँदे मागपत्र अघि सार्दै सडक र सदन दुबैबाट आन्दोलन जारी राख्ने बताएको छ। पार्टीका दुई सभासद् गोपाल दहित र गंगा थारुद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘जनताको आन्दोलनमार्फत उठाएका राजनैतिक र अन्य मुद्दाहरु आन्दोलनको जोडबलमासडकबाट सम्बोधन...

थारूवान