राजनीति

सुदूरपश्चिम विकासका लागि कैलालीबाट ममताप्रसाद चौधरी नियुक्त

सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो ।

थारूवान

आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

थारूवान

कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको एक समूहबाट एक अपाङ्ग महिलामाथि भएको बलात्कारबारे छानविन गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

थारूवान

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ। सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको गठबन्धनको सचिवालय सदस्य केशव झाले बताए।  

थारूवान

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ। शुक्रबार बसेको बैठकले यादवको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए। यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो अब खुलेको छ।

थारूवान

कारी महतो/चितवन थारु कल्याणकारिणी सभा (थाकस) चितवनका संस्थापक जिल्ला सभापति स्वर्गीय नवलकिशोर चौधरीकी पत्नी तथा थाकस चितवनका पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरीको ममतामयी आमा इन्दुदेवी चौधरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा आज एक शोकसभाको आयोजना गरी मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।

थारूवान

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक प्रहरी नायव निरीक्षकसहित २५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । एक महिलाअघि दैजी चम्पापुरकी रामदुलारी राना हत्या प्रकरणमा दैजी प्रहरी चौकी इन्चार्ज करन सिंह धामीले घटनाको सूचना पाउँदा पनि लापरबनही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई कारबाही गरेको छ । जेष्ठताको आधारमा...

थारूवान

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु चयन गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । झा मधेसी कोटाबाट, कर्मोचा आदिवासी जनजातिबाट र सोब महिला एवम् दलितबाट सहसंयोजक बनेका नयाँ शक्ति...

थारूवान

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राज्यले आफ्नो माग सम्बोधन नगरेको भन्दै लालटिन जुलुस प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा आइतबार दिउँसो आफ्ना विभिन्न मागबारे सरकार मौन रहेको भन्दै ध्यानाकर्षणका लागि जुलुस निकालिएको समितिले जनाएको छ। मूल आन्दोलन परिचालन समितिको आयोजनामा भएको कार्यक्रममा थारु अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।...

थारूवान