प्रवास

फोरम लोकतान्त्रिकको मलेसिया सम्पर्क समिति गठन

मलेसिया- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को भातृ संगठनको रुपमा लोकतान्त्रिक फोरम मलेसिया सम्पर्क समिति गठन भएको छ। सागर सिंह खवासको अध्यक्षतामा २३ सदस्य रहनेगरी सम्पर्क समिति गठन गरिएको छ। विगत १२ वर्षदेखि ब्यापार गर्दै आएका खवासले मलेसियामा रहेर नेपालीलाई यो समितिमार्फत् एकजुट भइ सहकार्य गर्ने बताए।

थारूवान

 दुबई- युएई बस्ने थारु समुदायले नयाँ वर्ष अर्थात् माघी मनाएका छन्। प्रवासी थारु समाज युएईले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले आफ्नो संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए। कामको सिलसिलामा जुनसुकै ठाउँ पुगे पनि आफ्नो संस्कृति बिर्सन नहुने उनीहरुको तर्क थियो। दुबईको एभरेष्ट होटलमा ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रबर्द्धन गर्ने...

थारूवान

काठमाडौं- गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार उक्त प्रणालीअन्तर्गत रोजगारीका निम्ति कोरिया जाने नेपालीले आफ्नो देशमा आफ्नै नाममा बैंक खाता खोलेर...

थारूवान

कतार- दोहास्थित अल एवल टे्रडिङ एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनीमा कार्यरत पाँच सय कर्मचारीमध्ये नेपाली कामदार सर्वोत्कृष्ट भएका छन् । कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव हरिहरकान्त पौडेलले नेपाली कामदार तिलकराम चौधरीलाई वर्षकै सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार प्रदान गरेका थिए । अल एवल कल्याणकारी समूहको स्थापना दिवस एवं नयाँ वर्ष २०१४ को...

थारूवान

उदयपुर- यहाँका एक युवाको साउदी अरवमा कामको सिलसिलामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा एकवर्षअघि साउदी पुगेका त्रियुगा नगरपालिका २ मा स्थायी बासोबास गर्दै आएका सियाराम चौधरीको बिहीबार राति मृत्यु भएको आफन्तजनले जनाएका छन्।

थारूवान

शेषनारायण झा, अबुधाबी- गैरआवासीय नेपाली सङ्घ संयुक्त अरब इमिरेट्सको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान समितिले कार्यभार हस्तान्तरण गरेको छ। यूएइका लागि नेपाली राजदूत धनन्जय झाको प्रमुख आतिथ्यतामा अबुधाबीस्थित नेपाली राजदूतावासमा गत शुक्रबार उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

थारूवान

काठमाडौं- कोरियामा फोनमा बोल्दाबोल्दै एक नेपालीको मृत्यु भएको छ। रोजगारी गर्न कोरिया पुगेका सुनसरी मधेलि-१ का दीपक कुमार चौधरीको मृत्यु भएको हो । आइतबार करिब ४ बजेतिर कम्पनी होस्टेलमा फोनमा बोलिरहेका बेला असहज भएपछि सँगै रहेका साथीहरुले एम्बुलेन्स र प्रहरी बोलाएका थिए। केहिबेरमै चौधरीको मृत्यु भएको बुटवलका कृष्ण थापाले...

थारूवान

डी. विनोद– कतारको राजधानी दोहास्थित सातिया ग्रुपमा कार्यरत चितवनका जुटपानी–४ सगुनटोलका २० वर्षीय अर्जुन गौतमको सवारी दुर्घटनामा यसै साता मृत्यु भयो। गत बिहीवार दिउँसो १२ बजे ड्युटी सकेर कम्पनीको गाडी पखिर्रहेका बेला गौतमलाई पछाडिबाट आएको ल्यान्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिएको थियो। घटनामा उनीसहित सात जनाको ज्यान गएको थियो।...

थारूवान

डी. विनोद- दुईचार पैसा कमाएर जिन्दगीमा केही गर्न चाहने नेपाली युवाहरूको सपनाको देश भएको छ, युएई। यहाँ राम्रो आम्दानीमात्रै हुँदैन, सामाजिक स्वतन्त्रता पनि पर्याप्त छ। ‘कतारलगायत अन्य खाडी देशभन्दा यहाँ स्वतन्त्रता र आम्दानी बढी भएकाले यहाँ आउनेको संख्या बढेको हो,’ दुबईमा कार्यरत मोरङका बाबुराम फुयाँलले इमेलमार्फत भने, ‘म पनि यहाँ...

थारूवान

डी. विनोद- गत फेब्रुअरीको पहिलो साता कोठाबाट कामका लागि कम्पनीतर्फ हिँडेका तनहुँका सन्त गुरुङ तामिल मूलको एक समूहबाट लुटिए। उनी मलेसियाको शाहलममा कार्यरत छन्। लुटेराले उनको मोबाइल लुटे। ‘जहिले पनि लुटिइने डर रहन्छ,’ उनले भने। उनलाई त्यो समूहले कुटपिट पनि गरेको थियो।

थारूवान