देश

कतारमा भब्य माघी कार्यक्रम, अरविन्द चौधरी बने थाकस कतारको अध्यक्ष

दोहा, कतार। थारु कल्याणकारिणी सभा कतार च्याप्टरको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। गत जनवरी २५ मा अल समाल पार्कमा आयोजित माघी महोत्सव तथा पाँचौं अधिवेशनले अरविन्द कुमार चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

थारूवान

वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो ।

थारूवान

रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।

थारूवान

संवैधानिक परिषदको बैठकले थारु आयोगसहित पाँच वटा आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको छ। बैठकले थारु आयोगमा बर्दियाका बिष्णुप्रसाद चौधरीलाई सिफारिस गरेको छ। त्यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ।

थारूवान

कारी महतो/चितवन। सामुहिक रुपमा खेती गर्न अभियान चलाएमा “सुखी जीवन समृद्ध चितवन” बनाउन सकिने कुरा प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । आज छैठौ खिचरा महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको पुरस्कार वितरण कार्यक्रममा मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।

थारूवान

कारी महतो/चितवन। साउदीमा ब्लडमनिको अभावमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, गोठौलीका जलेश्वर चौधरीलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि छैठौ खिचरा महोत्सवमा जलेश्वर बचाऊ अभियान, सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ ।

थारूवान

कैलालीमा एक युवकले श्रीमतीकाे हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन । आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका हुन्।

थारूवान

कारी महतो/चितवन। खैरहनी नगरपालिकामा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खिचरा महोत्सवमा आयोजना गरेको भेट्रान दौडमा खैरहनी ५ का ४३ वर्षीय हरिप्रसाद शर्मा प्रथम भएका छन् । उनले निर्धारित तीन किलोमिटरको दौड १५ मिनेटमा पुरा गरेर प्रथम भएका हुन् ।

थारूवान

खैरहनीमा भैरहेको छैठौं खिचरा महोत्सवमा आज दिपक बज्राचार्यको रिदम ब्याण्डको संगीतले धुम मच्चाए । उनलाई हेर्न आएका दर्शकहरुले स्टेज अगाडि नाच्दा महोत्सव स्थल नै धुलाम्मे भएको थियो । उनले मन मगन, ओ अमिरा, काली काली, मायाको डोरीले लगायत एक दर्जन गीतहरु गीत गाएर दर्शक नचाएका थिए ।

थारूवान

थारु माघी पर्वको अवसरमा अष्ट्रेलियाबासी थारुहरुले पहिलोपटक माघी कार्यक्रम आयोजना गरेका छन्। सिड्नीको टेम्पे पार्कमा दीप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद पद्मनारायण चौधरी प्रमुख आतिथि थिए। 

थारूवान