देश

वैजनाथ चौधरी थारुको नाममा कलंक हो : थाकस महामन्त्री

थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीले वैजनाथ चौधरीलाई थारुको नाममा कलंक रहेको प्रतिक्रिया दिएका छन्। उनले समाजिक सञ्जालमा थारुलाई अपराधी देख्ने वैजनाथ कंलक भएको बताएका हुन्।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद तथा थारु आन्दोलनका नेतृत्वकर्ता रामजनम चौधरीले मधेसी दलसँग सहकार्य नभएको बताएका छन्। मधेसका अधिकारकर्मीहरुसँग राय र सुझाव लिने कार्य गरिएको भए पनि असन्तुष्ट तराई–मधेसी दलसँग थारु आन्दोलनकर्मीले सहकार्य नगरेको उनले जनाएका हुन्।

थारूवान

नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्।

थारूवान

मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विशेष समितिको बैठकपछि विवादित सबै विषयमा छलफल जारी रहेको र शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा कैलाली, कञ्चनपुरलगायत जिल्लामा भइरहेको आन्दोलन र सीमा निर्धारणपछि मधेसी, आदिवासी तथा थारु समुदायले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भएको उनको भनाइ छ।

थारूवान

व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्किएको आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग गरे।

थारूवान

चितवन- थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको आमहड्तालमा नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले ऐक्यवद्धता जनाएको छ।

थारूवान

कांग्रेस नेता अमरेश सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। उनलाई पार्टीभित्र छुट्टै धारको नेताको रुपमा पनि चिनिन्छन्। हालसालै उनी बाबुराम भट्टराईको एक कार्यक्रममा कि मधेस देऊ कि देश भन्ने अभिव्यक्तिले चर्चा पाएको थियो। यही अभिव्यक्तिले उनलाई स्पष्टीकरण पनि दिन परेको थियो।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेको भन्दै थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने बताएका छन् । तर, मधेसले पहिचान पाइएन भने चित्त दुखाउने ठाउँ नरहेको गच्छदारको बनाइ छ ।

थारूवान

एकीकृत नेकपा (एमाओेवादी) का अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान आउने सुनिश्चित भइसकेको र त्यो साहस आफूहरु लिएको बताए। उनले भने, ‘अहिलेको जस्तो संविधान निर्माणको बहस इतिहासमा कहिल्यै भएन, सकारात्मक र रचनात्मक रुपमा संविधान निर्माणमा सहयोग...

थारूवान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा व्यक्ति व्यक्ति नेपालीका माग एकै पटक पूरा गर्न नसकिने बताए। नेता ओलीले भने, ‘यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने...

थारूवान