देश

मध्यरातमा थारु गाउँमा प्रहरी छापा, बर्घरसहित दर्जनौ पक्राउ

कैलालीका विभिन्न थारु गाउँमा आइतबार मध्यरात प्रहरीले छापा मारेको छ। टीकापुर आसपासका गाउँमा छापा मारी बर्घरसहितका थारुहरुलाई पक्राउ गरेको थारु अगुवा लक्ष्मण थारुले जानकारी दिए।

थारूवान

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र थारु कल्याणकारिणी सभालाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै जवाफी पत्र लेखेका छन्। प्रमुख चार दलको बैठकपछि आइतबार कोइरालाले दोस्रो पत्र पठाएका हुन्।

थारूवान

देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैननेपाली कांग्रेसका सभासद् शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ कतै पनि नभनेको बताएका छन्। संविधानसभामा आफ्नो धारणा राख्दै उनले अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। नेता चौधरीले विज्ञप्ति जारी गरी नेपाली नेपालीबीचको सदियौँदेखि भाइचाराको सम्बन्ध कायम राख्दै सम्पूर्ण समस्याको समाधानको विकल्प वार्ता र संवाद नै...

थारूवान

प्रमुख चार राजनीतिक दलले कुनै पनि वहानामा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकले वार्ताका नाममा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेको हो।

थारूवान

सभासद विश्राम प्रसाद चौधरी (थारु)ले हाल भइरहेको थारु आन्दोलन वार्ताकै माध्यमबाट टुंग्याइनु पर्नेमा जोड दिएका छन् । उनले दाङ देखी कञ्चनपुर सम्म रहेका साढे नौ लाख थारुहरुको मागलाई वार्ताको माध्यमबाट टुंग्याइनुपर्नेमा जोड दिएका हुन्।

थारूवान

चितवनका थारु समुदायले संविधान मस्यौदामा आफ्ना असहमति राख्न बहस चलाएका छन्। थारु कल्याणकारीणी सभाले थारुहरुको अधिकार, आन्दोलन र संघीयतामा चितवनको स्थानबारे बिहीबार भरतपुरमा जिल्लाका राजनीतिक दलसँग छलफल गर्‍यो। ‘हामीले बहस र छलफललाई प्राथमिकतामा राखेका छौं,’ सभाका चितवन सभापति विश्राम महतोले भने। चितवनका मैदानी क्षेत्रमा थारुहरुको घना बसोबास छ। चितवन...

थारूवान

सीमांकनप्रति असन्तुष्ट बन्दै उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनरत रहिरहेको बेला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि मोर्चा गठन गर्ने भएका छन् ।

थारूवान

संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ।

थारूवान

शान्ता चौधरी टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो। थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिँसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन। यो अपराध हो। यो सबैको छानविन होस्।

थारूवान