देश

सप्तरीको सीतापुरमा आगलागी, लखन चौधरीको घरसहित छ घर जले

सप्तरीको सीतापुर–१ मा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ। स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र छिमेकी लखन चौधरीको दुई घर तथा महेश चौधरीको एक गरी जम्मा छवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

थारूवान

सङ्घीय गठबन्धनले आन्तरिक छलफल नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै मोर्चाभित्रका तीन साना दलले असहमति जनाएका छन् ।

थारूवान

बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

थारूवान

संघीय गठबन्धनले १२ दिने आन्दोलनको घोषणा गरेको छ । उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर बिरगञ्ज र पोखरामा २ दिन आन्दोलनको घोषणा गरेको छ । जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

थारूवान

सन्तोष दहित कुनै पनि गीतमा संगीत भएन भने त्यो गीत अधुरो नै हुन्छ । त्यहि संगीतभित्र एक महत्वपूर्ण संगीत हो बाँसुरीको धुन । गीतमा बाँसुरीको धुन भएन भने कता कता नराम्रो सुनिन्छ । सुन्दापनि खासै मिठासपन हुँदैन । पहिला–पहिला त बाँसुरीको धुन बिना गीत नै बन्दैनथ्यो । अहिले आधुनिक...

थारूवान

पूर्व पश्चिम राजमार्गको भोटियाटोल (सिरहा) चौक नजिक मंगलवार अबेर राति तीनवटा मोटरसाईकल आपसमा ठोक्किदा सवार चारजनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्। 

थारूवान

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।

थारूवान

आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

थारूवान

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालत अवहेलना मुद्दा दायर भएको छ। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानि गरेको अधिवक्ता दिनेश त्रिपाठीले सोमबार दिएको रिटमा निवेदन जिकिर छ।

थारूवान

संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो ।

थारूवान