देश

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई जवाफ लेख्ने

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्थक वार्ताको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफी पत्र पठाउने भएको छ। बुधबार साँझ मोर्चामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षको अनौपचारिक बैठकले वार्तामार्फत समस्या समाधान खोज्न मोर्चा तयार रहेको ठहर गरेको हो।

थारूवान

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट नगरपालिका —११ स्थित हर्कपुर चोकमा मिनि ट्रक पल्टिँँदा ४ जनाको मृत्यु भएको छ। सल्यानबाट काठमाडाैं जाँदै गरको बा२क ११३७ नम्बरको मिनिट्रक सडक छेउमा रहेको रुखमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवपपरासीले जानकारी दिएको छ ।

थारूवान

करेन्ट लागेर जहदा गाविस मजौनीका नेकपा (एमाले) नवलपरासी क्षेत्र नं ५ का क्षेत्रीय इन्चार्ज ५० वर्षीय परशुराम चौधरीको आज निधन भएको छ।

थारूवान

काठमाडौं केन्द्रित आन्दोलन गर्ने नगर्ने भन्ने विषय मै विवादित भएका मधेसी मोर्चाका नेताहरुबीच सोमबार साँझ प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चालाई सम्बोधन गरी पत्रचार गरेपछि मोर्चाभित्रको विवाद झन बढेको छ।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै सोमबार साँझ पुनः पत्राचार गरेका छन् ।विगतमा भएका वार्ता र संवादले समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले त्यसकै परिणामस्वरुप संविधान संशोधनसमेत भएको स्मरण गराएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

थारूवान

सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो । 

थारूवान

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय गठबन्धनले काठमाडौंमा गरिरहेको आन्दोलन ट्रेलर मात्र भएको बताएका छन् । भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने, ‘फिल्म त अझै बाँकी छ ।’ यदि सरकारले आफुहरुको माग सम्बोधन नगरे कठोर आन्दोलन गनेए उनको चेतावनी थियो । काठमाडौंबाट खाली हात नफर्केने भन्दै...

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव गरेको छ। राजधानीमा बसेको दुई दिने भेलाको पहिलो दिन समितिले आमहडतालसहितको कार्यक्रम प्रस्ताव गरेको हो।

थारूवान

सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिका संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।

थारूवान

सन्ताेष दहित/दाङ दाङमा बस्दै आएका थारु समुदायका दहितहरुको भेला सम्पन्न भएको छ । थारु समुदायका दहित थरहरुको परम्परागत कला, सँस्कृति, रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भएको भेलाले ढुन्डीराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय दहित समाज गठन गरिएको छ ।

थारूवान