खेलकुद

नेपालको सनसनीपूर्ण जित, विश्वकप छनोट खेल्ने पक्का

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६...

थारूवान

चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

थारूवान

मलेसिया- नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

थारूवान

नागेन्द्र चौधरी/बारा। पिपरा गोल्डकपको दोस्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा सञ्चालन हुने भएको छ। बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सिर्जनशिल युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराए।

थारूवान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्।

थारूवान

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो।

थारूवान

सप्तरी क्रिकेट संघको अध्यक्षमा शैलेशकुमार चौधरीलाई पुनः चयन गरेको छ । संघको राजविराजमा बुधबार सम्पन्न तेस्रो साधारणसभाले उपाध्यक्षमा सचिन्द्र यादव, सचिवमा आयुष श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम यादवलाई चयन गरिएको छ । उनीहरु यसअघि पनि सोहि पदमा कार्यरत थिए ।

थारूवान

विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

थारूवान

नेपालमा गइरहने प्राकृतिक विपत्तिबारे अष्ट्रेलियाबासी नेपालीले मर्मस्पर्शी गीत निर्माण गरेका छन्। हालसालै सप्तरीमा बाढीले अर्बौको धनजन क्षति र लाखौं विस्थापित भएको सन्दर्भ जोड्दै थन्डरस्ट्रोम र अरुण आर्यन चौधरीले संयुक्तरुपमा गीत र म्युजिक भिडियो निर्माण गरेका हुन्।

थारूवान

‘मेरुदण्डको समस्याबारे सचेत रहौं’ भन्ने मूल नाराका साथ दाङ देउखुरीमा मिनी म्याराथन दौड सम्पन्न भएको छ। श्री हरि सुनकेशरी फाउण्डेसनको आयोजनामा सम्पन्न उक्त १५ किमी दौड देउखुरी पिपरीबाट सुरु भई लमही बजारमा पुगेर समापन गरिएको थियो।

थारूवान