कमलरी पिट्ने खिलराज सरकारको ट्विटरमा चर्को विरोध

हक अधिकारको माग गर्दै सिंहदरवार घेराऊ गर्न गएका कमलरीमाथि प्रहरीले दमन गर्‍यो। प्रहरीको लठी र बुटको कुटाइले दर्जन कमलरी घाइते भइन्। अहिले पनि तीन कमलरी अस्पतालमा उपचाररत छन्। पेट, हात र खुट्टामा गम्भिर चोट लागेका उनीहरुलाई नर्भिक अस्पताल पुर्‍याइएको छ। प्रहरी दमनको समाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्को विरोध भयो। मालिकबाट पीडित कमलरीलाई राज्यलेसमेत पीडा दिँदैछ भन्दै ट्विटेहरुले निर्दलीय सरकारका अध्यक्ष  #खिलराज रेग्मीलाई विरोध जनाएका छन्।

हेरौं समाजिक सञ्जालमा बहस :

थरुहट तराई लोकतान्त्रिक परिषदमा लक्ष्मण थारु

नेपालगन्ज– फोरम लोकतान्त्रिक शुभेच्छुक संस्था थरुहट तराई लोकतान्त्रिक परिषद अध्यक्षमा लक्ष्मण थारु चयन भएका छन्। नेपालगन्जमा सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। परिषद उपाध्यक्षमा योगेन्द्र थारु, महासचिव मोहनलाल चौधरी, सचिव गीता चौधरी र कोषाध्यक्षमा सन्तराम चौधरी छन्। कार्यसमिति १ सय २० सदस्यीय छ। Continue reading “थरुहट तराई लोकतान्त्रिक परिषदमा लक्ष्मण थारु”

कमलरी र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

Freed kamlaris  protest 6मदन चौधरी, काठमाडौं– सरकार र कमलरी संघर्ष समितिको वार्ता बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा भएको वर्तामा संघर्ष समितिले मृतक परिवार राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा अडिग रेहपछि सहमति हुन नसकेको हो। ‘हामीले राहतका कुरा गरेपछि उहाँहरु अर्थमन्त्रालयसँग सल्लाह गर्नुपर्छ भने,’ वार्तामा सहभागी पूर्व सभासद् शान्ता चौधरीले भनिन्, ‘भोलि (बुधबार) १ बजे पुनः वार्तामा बस्नेछौं।’ Continue reading “कमलरी र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो”

कमलरीमाथि दमनको सर्वत्र निन्दा

Freed kamlaris  protest 1मदन चौधरी, काठमाडौं– प्रहरी दमनमा गम्भीर घाइते दुई जना सामान्य अवस्थामा आए पनि तीन कमलरी अझै अचेत अवस्थामा छन्। उनीहरु सबैको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ। प्रहरीले पेटमा बुट हानेकाले पाठेघरमा समस्या भएको डाक्टर निरजले बताए। दाङकी उर्मिला चौधरीको चोटकै कारण रगत आएको उनले बताए। दाङकै सुजाता चौधरी र कञ्चनपुरकी सीता चौधरी अचेत अवस्थामा छन्। दुवैको खुट्टामा गहिरो चोट पुगेकाले उभिनसमेत गाह्रो भएको उपचाररत डाक्टरले बताए। Continue reading “कमलरीमाथि दमनको सर्वत्र निन्दा”

कमलरीमाथि प्रहरी दमन (फोटो फिचर)

काठमाडौं- सिंहदवार घेराउ गर्न गएका पूर्व कमलरीमाथि प्रहरीले दमन गरेको छ। हनुमानथानबाट दक्षिण गेट छिर्न खोजेका कमलरीमाथि प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको हो। कमलरी सिर्जना चौधरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरवार घेराउ गर्न गएका उनीहरुलाई प्रहरी निरीक्षक निशान थापाको नेतृत्‍वमा खटिएका प्रहरीले दमन गरेका हो। Continue reading “कमलरीमाथि प्रहरी दमन (फोटो फिचर)”

नखाएको विष लागेपछि…

Kamlari Dharna-13काठमाडौं- सात वर्ष उमेरका बालबालिका स्कुल जाने र साथीभाइसँग खेल्ने गर्छन्। तर, एलिसा चौधरीको जीवनमा त्यस्तो भएन। उनी सात वर्षकै उमेरमा अर्काको घरमा कमलरी बस्न गइन्। पढ्ने उमेरमा कमलरी बस्न उनलाई कहाँ मन थियो र। दाङ, घोराहीबाट लिन आएका नरबहादुर शाहलाई छल्दै उनी दुई–तीनपटक घरबाटै भागिन्। तर, उनले सधैं त्यसो गर्न पनि सकिनन्। घरको कमजोर आर्थिक अवस्था र परिवारले लिएको १ हजार ५ सय ऋण तिर्न उनी शाहको घरमा कमलरी बस्न बाध्य भइन्। शाहले वार्षिक २ हजार ५ सय दिने शर्तमा एलिसालाई कमलरी राखे। Continue reading “नखाएको विष लागेपछि…”

झरीले रोकेन कमलरीको धर्ना (फोटो फिचर)

Strike kamalari at Singhdarbar-1
काठमाडौं- सिंहदरबार घेराउ गर्न पुगेका मुक्त कमलरीहरु झरीको प्रवाहै नगरी धर्ना दिए। प्रहरीले दक्षिण गेट पुग्न नदिए पनि उनीहरु हनुमानथानमा भेला भएर सरकारविरुद्ध चर्का नाराबाजी गरे। ‘कमलरी राख्‍न पाइँदैन, कमलरीलाई मुक्त गर, सिर्जना चौधरीको हत्यारालाई कारबाही गर’ भन्दै उनीहरुले चर्का नाराबाजी गरे। उनीहरुलाई साथ दिन पूर्व कमलरी तथा पूर्व सभासद् शानता चौधरी र सुकदैया चौधरीले साथ दिएकी थिइन्। Continue reading “झरीले रोकेन कमलरीको धर्ना (फोटो फिचर)”