सडक सङ्घर्ष गर्ने एमाओवादी गठबन्धनको निर्णय

30-party Federal Democratic Alliance Meeting

काठमाडौं- एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्ताधारी दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्ष गर्ने निर्णय गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विगतका सहमति तथा सम्झौताको मान्यता विपरीत गएर सत्ताधारी दल प्रस्तुत भएको र तटस्थ रहनुपर्ने संविधानसभाका अध्यक्षले पनि विपक्षीको धारणालाई कुनै सुनुवाइ नगरेको भन्दै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। Continue reading “सडक सङ्घर्ष गर्ने एमाओवादी गठबन्धनको निर्णय”

थाकसलाई साइड लगाएर थारु संघर्ष समिति ब्यूँताइयो

लक्की चौधरी– थारु समुदायको अधिकार सुनिश्चित्ताको मागगर्दै थारु अगुवाहरुले थारु संयुक्त संघर्ष समिति पुनः व्यूँताउने निर्णय गरेका छन्। थारु सामाजिक संघ संगठनका प्रतिनिधिहरुको सोमबार यहाँ बसेको बैठकमा त्यस्तो निर्णय गर्दै नयाँ संविधानमा थारु अधिकार सुनिश्चत्ताकालागि आन्दोलन गर्नुको विकल्प नरहेको ठहर पनि बैठकले गरेको छ। २०६४ देखि २०५९ सम्म विभिन्न आन्दोलन गरी सरकारसँग सम्झौता गरेका थारु संघर्ष समिति सोपछि निस्क्रिय थियो। Continue reading “थाकसलाई साइड लगाएर थारु संघर्ष समिति ब्यूँताइयो”

माघ ८ पछिको आन्दोलन

CN Tharuसीएन थारु- माघ ८ लाई धेरैले संविधान पाउने दिन यस कारणले माने कि संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एक वर्षभित्र संविधान बनाउने प्रस्ताव पारित गर्दै जनमतको कदर गर्ने बताएका थिए। माघ ८ पछि कि संविधान जल्थ्यो कि च्यातिन्थ्यो तर यी दुवै भएन किनकि माघ ८मा संविधान आउने कुरा त परै जाओस् प्रारम्भिक मस्यौदा पनि बन्न सकेन। संविधान बन्दा शान्ति प्रक्रिया सँगै सम्पन्न होस् भनि जनताले चाहना गरेको हो। Continue reading “माघ ८ पछिको आन्दोलन”

सरस्वती र ममतालाई रामलाल-गायत्री थारु कम्युनिटी अवार्ड

saraswati

काठमाडौं- खेलाडीद्वय सरस्वती चौधरी र ममता चौधरी रामलाल-गायत्री थारु कम्युनिटी’ अवार्डबाट सम्मानित भएका छन्। थारु कम्युनिटी नामक फेसबुक पेजले पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा भलिबलकी सरस्वती र क्रिकेटकी ममता चौधरीलाई सो अवार्डबाट सम्मान गरेको हो। दुवै खेलाडीलाई नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधैरी र स्वयं रामलाल चौधरीले नगद र प्रमाणपत्र प्रदान गरे। Continue reading “सरस्वती र ममतालाई रामलाल-गायत्री थारु कम्युनिटी अवार्ड”

विभन्न विधाका थारु युवाहरु सम्मानित

Geeta Chaudhary

काठमाडौं- थारु कम्युनिटीले थारु युवाहरुलाई सम्मान गरेको छ। उसको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यार्थी राजनीतिज्ञ सीतारम चौधरी, युवा अभियन्ता तथा पत्रकार मदन चौधरी, युवा अभियन्ता गीता चौधरी, लेखक तथा कवि जागृति चौधरी र गायक दोशहरण चौधरीलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले सम्मानित युवालाई प्रमाणपत्र र टोकन अफ लभ वितरण गरे। Continue reading “विभन्न विधाका थारु युवाहरु सम्मानित”

विरोधका बावजुद प्रश्नावली समिति गठन, समितिमा पद्‍मनारायणलगायत जानजाति सभासद् सहभागी

CA-4

काठमाडौं- संविधान निर्माणमा देखिएका विवादित विषयलाई हल गर्नका लागि संविधानसभाको आजको बैठकले ७३ सदस्यीय प्रश्नावली समिति गठन गरेको छ। एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालको विरोध र नाराबाजीका बाबजुद संविधानका विवादित विषयसँग सम्बन्धित सो समिति गठन गरिएको हो। Continue reading “विरोधका बावजुद प्रश्नावली समिति गठन, समितिमा पद्‍मनारायणलगायत जानजाति सभासद् सहभागी”

थारुनके अपमान हुईसेक्ना ईतिहास बनैना कोशिस (थारु भाषा)

बीथारु- २०६४ साल म हुईल संविधान सभाके चुनाउओ गठन हुईल पाछ नेपालीजनतन म सक्कु जनतनके भलाई हुईनामेरके संविधानवनिकनाआशा रहिन। मने पहिल संविधान सभालौव संविधानविना देल विगठन हुईल पाछ दोसर चो फेनसे संविधान सभाके चुनाउहुईल सक्कुन्हपतै वा। पहिल संविधान सभाके चुनाउ म संघीयताके ढाँचा समेत प्रतिवद्धता पत्रजनतन के सामने चुनाउ लरल तत्कालिन नेकपामाओवादीकन्चनपुरसे दाङ्गसमके पाँचजिल्लाके २३ ठो निर्वाचन क्षेत्रमसे २१ ठो सिट म जितल रह। वाँकेके २ ठो सिट म मधेसी जनाधिकार फोरम जितल रह। Continue reading “थारुनके अपमान हुईसेक्ना ईतिहास बनैना कोशिस (थारु भाषा)”

माघ ८ को दर्दनाक पराजय

CA_Magh-8-1

माघ आठ टरेको छ, संविधान आउने म्याद सरेको छ । अब संविधान कुनै पनि मितिमा आउन सक्छ र त्यो मिति कहिल्यै नआउन पनि सक्छ । अब संविधान आउने म्याद खुला भएको छ, आगामी तीन वर्षमा जहिले संविधान ल्याए पनि हुने भो, ल्याउँदै नल्याए पनि हुने भो । ल्याए पनि संविधानसभाको म्याद आजको तीन वर्षमा सकिन्छ, ल्याउँदै नल्याए पनि तीन वर्षमै सकिन्छ । Continue reading “माघ ८ को दर्दनाक पराजय”

विप्लव र लेखीले भने- ‘सभासद्लाई अब तलब, भत्ता नदेऊ’

Lekhi + biplob

माघ ८ कै दिन पारेर नेपाली राजनीतिका दुई चर्चित हस्तीले संविधानसभा विघठनको माग राखेका छन् । नेकपा माओवादीका नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय नागरिक पार्टी (नेपाल) का राजकुमार लेखीले संविधानसभा विघठनको माग राखेका हुन् । दुवै फरक राजनीतिक धारका हुन् तैपनि एकै खाले माग राखेका छन्

लेखीले आज संविधानसभा भवन नजिकै आदिवासी जनजाति महासंघले गरेको सभामा आज राति १२ बजेपछि संविधानसभा विघठन हुनुपर्छ भन्दा तालिको गड्गडाहट आएको थियो ।

महासंघका सल्लाहकार समेत रहेका लेखीले आज राति १२ बजे उपरान्त सभासद्लाई तलब भत्ता नदिन माग गरे । उनले भने, ‘आज राति उताको तलबभत्ता लिन पाईंदैन, पछि हामी लिने र दिने दुवैलाई कारबाही गर्छाैं ।’ उनले यसो भन्दा पनि करतल तालि बजेको थियो ।

विप्लवले चाहिँ आज विज्ञप्ति दिएर संविधानसभा विघठनको माग गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘नयाँ संविधान माओवादी र संसदवादी दलहरु बीचमा भएका राजनीतिक सहमतिमा लेखिनुपर्दछ । हालको कथित संविधानसभा सहमति विपरीत गठन गरिएको सभा हो । तसर्थ यो संविधानसभा भङ्ग गरिनुपर्दछ ।’

उनले अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठनको पनि माग गरेका छन् ।

विप्लवले एमाओवादीलाई चुनौती दिँदै विज्ञप्तिमा लेखेका छन्, ‘एमाओवादी र अन्य राजनैतिक दलहरु यदि जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुन भने तत्काल संविधानसभा त्यागेर जनतामा फर्किउन् भन्ने हाम्रो आग्रह छ ।

विप्लव र लेखी फरक राजनीतिक धारका हुन् तैपनि दुवैले एकैखाले माग अगाडि सारेका छन् । लेखीले भने संविधानसभाको नयाँ चुनावको माग गरेका छन् भने विप्लवले राष्ट्रिय राजनीतिक सभाको माग गरेका छन् ।

पहिचान माग्दै कांग्रेस एमालेका जनजाति सभासद सडकमा

strike

पहिचानसहितको संघीयताको पक्षमा दवाब दिँदै आएका आदिवासी जनजातिसम्बद्ध संघ संस्थाहरुले आन्दोलन जारी राखेका छन् । माघ ८ लाई लक्षित गरी जनजाति संघ- संगठनले गरेको बानेश्वर केन्दि्रत प्रदर्शनमा कांग्रेस र एमाले जनजाति सभासद पनि सहभागी बनेका छन् । Continue reading “पहिचान माग्दै कांग्रेस एमालेका जनजाति सभासद सडकमा”