थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र

टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्ररुपमा भइरहेको छ। संविधानका केही धारा संशोधन हुनुपर्ने, थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी गर्नुपर्ने र टीकापुर घटनामा आजीवन सजाय पाएका माननीय रेशम चौधरीसहित सबैलाई रिहाई गर्नुपर्ने मागसहित थारुहरुले भदौ ७, ८ र ९ गते सम्मेलनमा जुट्दैछन्।  Continue reading “थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी तिव्र”

थाकस कोरियाद्वारा जलेश्वरलाई सहयोग

कोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ ।

थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा थाकस कोरियाका अध्यक्ष शिव चौधरीले जलेश्वरका बुबा सुकरा महतो र आमा मलुई महतोलाई उक्त नगद रकम हस्तान्तरण गरेका हुन् । साउदी अरबमा कामको सिलसिलामा दुर्घटना हुँदा साउदी सरकारले जलेश्वर चौधरीसँग ४५ लाख ब्लडमनि माग गरेको थियो । ब्लडमनिका ललागि सामाजिक स्वयंसेवक नेपाल मिसन चितवन नामक संस्था, थारु पत्रकार संघ चितवन लगायतका थुप्रै संघसंस्थाले आर्थिक संकलन अभियान चलाएका थिए ।

थाकस कोरिया आर्थिक अभावले पिडित भएका विभिन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने क्रममा सञ्जीत महतो राहत कोषलाई एक लाख पाँच सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको थियो । सञ्जीत महतो थरुहट आन्दोलन २०६५ का घाइते हुन् । त्यस्तै रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने रीमा थारुलाई एक लाख १ सय ५१ रुपैयाँ हस्तान्तरण गरिएको छ । बनगाई मावि कक्षा ९ मा अध्यनरत १४ वर्षीय रीमाको मुटुमा समस्या आएपछि थाकस कोरिया च्याप्टरले त्यहाँ कार्यरत थारुहरुसँग रकम संकलन गरी उपचारका निम्ति सहयोग गरेको थिए । उक्त रकम संस्थाका पूर्व अध्यक्ष पुष्प चौधरीले हस्तान्तरण गरेका थिए ।

साउदीमा दुवै मिर्गौला काम नलाग्ने भएर घर फर्केका खैरहनी नगरपालिका वडा नं. १ का हरेराम महतोको उपचारका लागि पनि थाकस कोरियाले ८० हजार सहयोग गरेका थिए । त्यसैगरी थाकस कोरियाले टीकापुर घटनाका पीडितहरुलाई पनि आर्थिक सहयोग गरेका थिए ।
चितवनको रत्ननगर–७, मैनाहा घर भई हाल दक्षिण कोरियामा कार्यरत थाकस कोरियाका अध्यक्ष शिव चौधरीका अनुसार थाकस कोरिया मार्फत् कोरियामा रहेका थारु दाजुभाईहरुले आर्जन गरेको केहि अंश समाजसेवामा लगाउने गरेका र दुःख पाएका नेपालीहरुलाई सहयोग गर्दै आएको बताए ।

टीकापुर घटना : कथनी एउटा,करनी अर्कै [विचार]

शेर बहादुर चौधरी।

अन्ततः दुधको दुध पानीको पानी छुट्टिएर आयो । टीकापुरमा बेमेल थियो शसस्त्र प्रहरी र जनपद प्रहरीको । तर, दोषी भए थारुहरु । जनपद प्रहरीले चलाएको गोलीको छर्रा लागेका सयौं थारुहरु अहिले पनि भेटिन्छन्  । तर, मिडियाले हल्ला गर्यो सशस्त्र प्रहरीमाथि भाला, बन्चरोले हमला गरी निर्मम तरिकाले हत्या गरियो । वास्तबमा टीकापुर घटनामा कथनी एउटा थियो करनी अर्कै भयो । Continue reading “टीकापुर घटना : कथनी एउटा,करनी अर्कै [विचार]”

काे हुन् जातिवादी ? [विचार]

सिताराम थारु।
गाउँमा पहिले पहिले दशैँमा खुब नाटक गरियो। एकचोटि नयन राज पान्डेजीको लेखनमा रावण नाटकमा रिहर्सल गर्दै थियाैं। बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधैं रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुँदाहुँदै पनि रावणको रोल दिइन्थ्यो । Continue reading “काे हुन् जातिवादी ? [विचार]”

थरुहट राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक, विभिन्न उपसमितिहरु गठन

लखन चौधरी/धनगढी।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा आयोजना गर्न थालेको राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक गरेको छ ।सम्मेलन व्यवस्थापन समितिका संयोजक रामप्रसाद चौधरीले सोमबार एक विज्ञप्ती जारी गर्दै भदौ ७, ८ र ९ गते हुने सो सम्मेलनको तालिका सार्वजनिक गरेका हुन् । Continue reading “थरुहट राष्ट्रिय सम्मेलनको तालिका सार्वजनिक, विभिन्न उपसमितिहरु गठन”

रेशम बचाउ अभियान लिएर टीकापुरका युवा काठमाडौंमा, राजपाविरुद्ध आन्दोलन गर्ने चेतावनी

माननीय रेशम चौधरी चौधरी बचाउ अभियान लिएर टीकापुरका युवा राजधानी आएका छन्। उनीहरुले बुधबार माइतीघर मण्डलामा रेशम चौधरी बचाउ भन्दै ब्यानर लिएर धर्नामा बसेका थिए।  ‘माननीय रेशम चौधरी निर्दोष छन्। त्यसको प्रमाण ३४३४१ भोटर साक्षी छन्,’ अभियानका संयोजक टीकापुर चौधरीले भने, ‘त्यसकारण उहाँलाई बिनासर्त रिहाई गर्नुपर्छ।’ Continue reading “रेशम बचाउ अभियान लिएर टीकापुरका युवा काठमाडौंमा, राजपाविरुद्ध आन्दोलन गर्ने चेतावनी”

यी जिल्लामा चुनिएका नेकपाका थारु कमान्डर (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच जिल्लाको नेतृत्व थारु नेतालाई सुम्पेको छ। नेकपाको सचिवालय बैठकले कैलाली, नवलपरासी पश्चिम, पर्सा, बारा र उदयपुरमा थारु नेतालाई प्रमुख कमान्डर चुनेका हुन्। त्यस्तै ११ जना थारु नेतालाई सहइन्जार्च तोकिएको छ।  Continue reading “यी जिल्लामा चुनिएका नेकपाका थारु कमान्डर (सूचीसहित)”

टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको लक्ष्मण थारुको खुलासा

थरुहट नेता लक्ष्मण थारुले टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको पत्र प्राप्त भएको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको उपत्यका भेलामा उनले २०७२ भदौ ७ गते घटेको त्यो घटनाको जिम्मा वैद्य माओवादीका महासचिवले प्रेस विज्ञप्ती जारी गर्दै लिएको बताए। Continue reading “टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको लक्ष्मण थारुको खुलासा”

लोकसेवा विज्ञापनविरुद्ध चितवनमा आन्दोलन गरिने

कारी महतो/चितवन।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु आन्दोलन गर्ने भएका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेम बहादुर दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी र असंवैधानिक भएकोले उक्त विज्ञापन सच्याउनका लागि हामी वहिष्कृत वर्गले दिएको स’झाव सरकार र लोक सेवा आयोगले नसुनेकोले आफूहरु एकिकृत भएर आन्दोलन गर्न’ परेको बताए।  Continue reading “लोकसेवा विज्ञापनविरुद्ध चितवनमा आन्दोलन गरिने”

लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, थारु, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । Continue reading “लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन”