टीकापुर सम्मेलनप्रति मेरो बुझाई [विचार]

दिल बहादुर चौधरी
थरुहट/थारुवान राष्ट्रिय सम्मेलन २०७६ भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा हुने प्रचार प्रसारसँगै यसको चर्चा ब्यापक छ । पक्ष र विपक्षमा मतहरु आइरहेका छन् । थारुहरुको कल्याण गर्ने नाममा खुलेको थारु कल्याणकारिणी सभाका केही केन्द्रीय सदस्यहरु खुलेर यसको बिरोध गरिरहेका छन् भने बिशेष गरेर सत्ता पक्षमा रहेका केही थारु अगुवाहरु र त्यसको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा र नेपाल लोकतान्त्रिक थारु संघको नामबाट यो सम्मेलनको खुलेरै बिरोध भैरहेको छ । प्रतिपक्ष नेपाली काँग्रेसमा रहेका थारु अगुवाहरु खुलेर यसको बिरोध गरेका छैनन्, फेरि पनि गच्छदार नजिकका एक दुई अगुवाहरु यसको बिपक्षमा छन् । समाजवादी पार्टी, राजपा र स्वतन्त्र ब्यक्तिहरु यसको पक्षमा देखिएका छन् । सम्मेलनको पक्ष र विपक्षमा मत जारी छ, तर बहुमत सम्मेलनको पक्षमा देखिएको छ । Continue reading “टीकापुर सम्मेलनप्रति मेरो बुझाई [विचार]”

टीकापुर सम्मेलन : स्यंवसेवकलाई थरुहट नेता र डिएसपीको प्रशिक्षण

टीकापुर सम्मेलनमा परिचालन हुने थारु स्वयंसेवकलाई थरुहट नेताहरु लक्ष्मण थारु, मिनराज चौधरी र टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले प्रशिक्षण दिएका छन्। Continue reading “टीकापुर सम्मेलन : स्यंवसेवकलाई थरुहट नेता र डिएसपीको प्रशिक्षण”

टीकापुर सम्मेलन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति

टीकापुर सम्मेलन सफल बनाउन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति भएको छ। धनगढीमा बुधबार जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय भेलाले कार्यक्रम सफल बनाउन लिखित सहमति गरेको हो। Continue reading “टीकापुर सम्मेलन आयोजक र प्रशासनबीच ७ बुँदे सहमति”

टीकापुर सम्मेलन : सत्तापक्ष थारु नेताको विरोध

टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको सत्तापक्षीय थारु नेताहरुले विरोध  गरेका छन्। तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन्।  Continue reading “टीकापुर सम्मेलन : सत्तापक्ष थारु नेताको विरोध”

टीकापुर सम्मेलन : सद्‍भावका लागि सरसफाइ र रक्तदान कार्यक्रम गरिने

भदौ ७, ८ र ९ गते हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको पूर्वाद्धमा टीकापुरमा सरसफाइ तथा रक्तदान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार टीकापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहसँग समन्वय गरेर भदौ ५ गते सद्भा वका लागि टीकापुर सफाइ अभियान चलाउन लागिएको हो। Continue reading “टीकापुर सम्मेलन : सद्‍भावका लागि सरसफाइ र रक्तदान कार्यक्रम गरिने”

टीकापुर सम्मेलनको सत्यता

इन्दु थारु।
टीकापुरमा हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको चर्चा यत्रतत्र सर्वत्र छ । २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनको क्रममा घटेको घटना र त्यही मिति, त्यही स्थानमा थरुहट थारुवान सम्मेलनको घोषणाले अझै ठूलो बहसको विषय बन्न पुगेको छ । Continue reading “टीकापुर सम्मेलनको सत्यता”

थारु अतिथिलाई पहाडी समुदायले पानी खुवाएर, फूल दिएर स्वागत गर्ने

७ भदौ २०७२ को टीकापुर घटनापछि थारु र पहाडीबीच सद्‍भाव विग्रिएको भन्ने समाचार ब्यापक सुन्नमा आएको थियो। पहिचान र अधिकारका लागि आन्दोलनरत थारु समुदाय र अखण्ड सुदूरपश्चिम बनाउने अभियानमा जुटेका पहाडी समुदायबीचको टकरावले साँच्चै सद्‍भाव विग्रिएको अनुमान गर्न सकिन्थ्यो। Continue reading “थारु अतिथिलाई पहाडी समुदायले पानी खुवाएर, फूल दिएर स्वागत गर्ने”

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीका लागि आयोजकले टीकापुर आसपासका विभिन्न गाउँका बरघर, भलमन्सा र जनप्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। Continue reading “थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा”

थारु पत्रकार संघ कपिलवस्तु शाखाको अध्यक्षमा श्याम सिटी

कमल चौधरी।
पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए ।
बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् ।  Continue reading “थारु पत्रकार संघ कपिलवस्तु शाखाको अध्यक्षमा श्याम सिटी”

रेशम चौधरीको शब्द संगीतमा गुन्जिदैछ टीकापुर

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा रेशम चौधरीको शब्द संगीत गुन्जिने भएको छ । जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली बोलको गीत गणेश चौधरीले अरेन्ज गर्दैछन् । Continue reading “रेशम चौधरीको शब्द संगीतमा गुन्जिदैछ टीकापुर”