suyog_ramdamबेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

दोस्रो चरणमा प्रवेश गरेसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा देशलाई प्रतिनिधित्व गरेर यहाँ सम्म पुग्दा भाग्मानी महसुस गरेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गरेका रामदामले अवसरलाई सफलतामा बदल्ने विश्वास व्यक्त गरेका छन् ।

साइमन कोवेलले सन् २००४ बाट शुरु गरेको  गायनमा नयाँ प्रतिभा जन्माउने उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्म्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ । पब्लिक दर्शकबाट छानिने उक्त शो यसअघि ९० लाख दर्शकले एकैपटक अवलोकन गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *