Bijay-Kumar-Gachchhadar

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी आज दर्ता हुने भएको छ।विराटनगरमा जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता आज हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले जानकारी दिए। निर्विरोध नभएको अवस्थामा आजै मतदान हुने सम्भावना रहेको उनले बताए।

सो पार्टीको नाम परिवर्तनको सम्बन्धमा आन्तरिकरुपमा कार्यकर्तासँग सुझाव सङ्कलन गरिएको भए पनि कतिपय जिल्लाका कार्यकर्ताद्वारा नाम परिवर्तन गर्न नहुने पनि सुझाव आएको बुझिएको छ।

पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष विजयकुमार गच्छदारको नाम मात्र सार्वजनिक भएको र उनी निर्विरोध हुने सम्भावना प्रबल रहेको छ। पार्टीका अन्य पदहरुमा पनि निर्विरोध गर्नका लागि गम्भीररुपमा छलफल भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *