Dead body in a mortuary
Dead body in a mortuary

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भूनाथ नगरपालिकामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ८४६० नं को माइक्रोबसले ठक्कर दिँदा सप्तरीको मधुपट्टी गाविस-९ बस्ने २६ वर्षीया धर्मेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *