bijay party 04

मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले पार्टी र मधेसको स्वार्थभन्दा माथि उठेर आफूले ऐतिहासिक १६ बुँदेका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पार्टीको तीनदिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्‍घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले १६ बुँदे सहमतिकै आधारमा मुलुकले संविधान पाएको बताए।

उनले संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो र प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि दलबीच सहमति आवश्यक रहेकामा जोड दिँदै मधेसी, आदिवासी, थारु, मुस्लिमलगायतको सम्बोधनका साथै समस्या समाधानका लागि आठ प्रदेश बनाउनुपर्ने सुझाव दिए।

bijay party 02

सो अवसरमा एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले मधेसी र आदिवासीको केही मागलाई पूरा गर्न सीमाङ्कनमा परिमार्जन एवं हेरफेर गर्न सकिने धारणा प्रकट गरे। संविधान निर्माणको काममा गच्छदारको महत्वपूर्ण भूमिका रहेको अनुभवबाट आपू्क पनि लाभान्वित भएको जानकारी उनले गराए।

नेकपा९एमाले०का नेता माधवकुमार नेपालले हिमाली, पहाडी र मधेसी मिलेर मुलुकलाई विकासको गतिमा डोर्‍याउनका लागि एक भएर अगाडि बढ्नुपर्ने सुझाव दिँदै मुलुकमा संविधानको कार्यान्वयनका साथै विकासका लागि नेपाली काँग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे।

bijay party 03

कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले दल मिलेर आन्दोलन गर्ने तर उपलब्धिलाई संस्थागत गर्न चुक्ने गरेको बताउँदै संविधानको कार्यान्वयनका लागि कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्ने धारणा प्रकट गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले मुलुकको समस्या समाधानका लागि सबै दलले लचकता अपनाउनुपर्नेमा जोड दिए।

bijay party 01

भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष भगतसिंह कोसियारीले नेपालमा लोकतन्त्र बलियो बनाउन र विकास निर्माणमा सहयोग गर्न भारत सदैव तत्पर भएकव बताए। भाजपाका राष्ट्रिय प्रवक्ता डा विजयस्वर्णकर शास्त्रीले नेपालले संविधान जारी गरेकामा बधाई दिँदै प्राकृतिक सौन्दर्यको देश नेपाललाई पर्यावरणबाट हुने क्षतिबाट रोक्नका लागि ठोस कदम चाल्न सुझाव दिए।

tharu yobti

सो अवसरमा भारतको झारखण्ड राज्यका विधायक शिवशङ्कर उराव, नेकपा ९माले०का खगेन्द्र प्रसार्इं, राप्रपा नेपालका उद्धवप्रसाद दाहाललगायतले महाधिवेशनको सफलताको कामना गरे। तीन दिनसम्म चल्ने सो अधिवेशनमा दुई हजार ५०० प्रतिनिधि र ५०० पर्यवेक्षकको सहभागिता छ। रासस

तस्बिर सौजन्य : नागरिकन्युज/चुमन बस्नेत




Leave a Reply

Your email address will not be published. Required fields are marked *