bin laden bhutएबोटावाद-२ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटाबादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए। त्यो दिन तिनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको शृंखला ल्याउने दिन बन्यो।
लादेन मारिएपछि अबोटाबादको लादेनको घर ध्वस्त पारिएको थियो। यतिबेला त्यहाँ घरको चिनो मात्र छ। पाँच वर्षयता त्यो घर वरपर स–साना घर थपिएका छन्। लादेनको घरभित्र पानीको टुटी जोड्ने पाइप फुटेकाले बेलाबेलामा त्यहाँबाट पानी चुहिरहन्छ। यसलाई छिमेकले प्रयोग गरिरहेका छन्।
आधा दशकमा यो ठाउँ वरपर धेरै बद्लिए पनि त्यो दिनको सम्झना केहीलाई अझै ताजा छ।
८४ वर्षका जैन बाबा त्यो बेला लादेनको घर नजिकैको घरमा थिए। टोलभरिका मानिसहरू भेला हुने एउटा रुखमुनि उनको सधैँझैँ बसाइ थियो। २ मेको त्यो रात छोरोसँग जैन बाबाले अर्सद खानको घरको रेखदेख गरिरहेका थिए। अमेरिकी सेनाका लागि अर्सद खान नै अबु अहमद अल कुवेती थिए।
तिनको घर रेखदेख गरेको अभियोगमा जैन र उनका छोरा समरेजलाई पाकिस्तानी जासुसी संस्था आइएसआइले तिनलाई पक्राउ गर्योक र दुई महिनासम्म हिरासतमा राख्यो। तिनका हात बाँधियो, आँखामा पट्टी लगाइयो। आइएसआइले जैनलाई ओसामा बिन लादेनलाई देखे कि देखेनन् भनी सोधे। तिनले भने, ‘हामी त अर्सद खान र उनका दाइ अनि तिनका सन्तान मात्र देख्थ्यौं।’
लादेनका छिमेकी भएकाले उनीसित कुरा गर्न अन्य कयौं पत्रकार आउँछन्। तर हरेक पटक पत्रकार फर्किएपछि सरकारी गाडीमा सादा पहिरनमा केही मानिस आएर तिनलाई धम्क्याई जान्छन्।
केही समयअघि एक जना फ्रान्सेली पत्रकार अन्तरवार्ताका लागि आएका थिए। अन्तरवार्ता लिइएका व्यक्ति भोलिपल्ट मारिएको अवस्थामा फेला परे। जैन बाबासँग केही दिनअघि सादा पहिरनका सुरक्षाकर्मी आएर समरेजको ठेगाना सोध्दै थिए।
जैन भन्छन्, ‘म मानिसहरूको प्रश्नले थाकिसकेको छु। म त मिडियासित कुरै गर्न चाहन्नँ। तिनले केही सोध्नै हुँदैन, पुलिस आइहाल्छन्।’
यतिबेला उनी आफ्नाबारेमा चिन्ता गर्न छाडिसके। यो उमेरमा के नै गरिहाल्लान् र भन्ने उनलाई लाग्न थालेको छ।
यहाँको परिस्थितिले सुरक्षा एजेन्सी निकै दबाबमा रहेको प्रष्ट हुन्छ।
सकिल रफिक एक समय निकै मिलनसार र हँसिला मानिस थिए। हिजोआज उनी चुपचाप हिँड्छन्। निर्माण व्यवसायी रहिसकेका उनको कारोबार अर्सद खानसँग भेटेपछि निकै उचाइमा थियो। उनैले लादेनको घर बनाउन विभिन्न निर्माण सामग्री आपूर्ति गरेका थिए।
अमेरिकी छापापछि रफिकको जिन्दगी नै बद्लियो। सुरक्षा निकायले तिनको घरमा छापा मारे र उनलाई पक्राउ गरे। कयौं महिनासम्म उनी हिरासतमा रहे। केही समयअघि उनी गायब भएका अहिलेसम्म नदेखिएका छिमेकीले बताउने गरेका छन्।
यस्तै गायब हुनेमा प्रहरी यासिर खान पनि हुन्। उनी एबोटाबादमा २०११ को मे महिनामा आइपुगेका थिए। छापा मार्दा उनी तत्काल सक्रिय भएका थिए। अमेरिकी हेलिकप्टर दुर्घटनामा पर्दा जति ठूलो आवाज आयो, त्यसपछि कारबाहीका लागि सतर्कताका साथ उनी कार्यालय गए। भोलिपल्ट सादा कपडा लगाउने जासुसहरूले उनलाई पक्राउ गरी लगेका उनी फर्केका छैनन्।
अमेरिकी सेना फर्केपछि पहिलो पटक लादेन निवास छिर्ने एक अधिकारीले भने, ‘अँध्यारो थियो, विष्फोटमा पर्ने हेलिकप्टर पाकिस्तानी थियो कि अमेरिकी। घरभित्रका महिला तथा बालबालिकाहरू रोइरहेका थिए।’
लादेन घरलाई पाकिस्तानी सेनाले कब्जामा लियो। स्थानीय प्रहरी हेर्याकहेरै भयो।
यो घटनाको आधा दशक बितिसक्दा पनि लादेनको भूतले सहरलाई नछाडेको स्थानीयको भनाइ छ। एबोटाबादमा अझै अलर्टको स्थिति रहेको उनीहरू बताउँछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *