Bijay Gachhadarमधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ।  तराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलोपटक महाधिवेशन आयोजना गर्न लागेको हो।

संसदमा पाँचौं ठूलो दलको हैसियतमा रहेको लोकतान्त्रिकले प्रस्तावित १ नम्बर प्रदेशको मुख्य औद्योगिक क्षेत्र विराटनगरमा महाधिवेशन गर्न लागेको हो।

विजयकुमार गच्छादार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकले पार्टीको नाम फेर्ने तयारीसमेत गरेको छ। गच्छादारले नयाँ विधान पारित गर्दै पार्टीका सबै तहमा नयाँ संरचनाको खाका तयार गर्ने जनाउँदै मधेसमा मात्र नभएर हिमाल पहाडमा पनि पार्टी विस्तार गर्ने जनाए।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभरका ४२ जिल्लाका दुई हजार एक सय प्रतिनिधि, पाँच सय पर्यवेक्षक र अतिथिसहित दुई हजार ५ सयजना सहभागी हुनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *