sanjeeb tharuअष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले फिटनेशमा मेडल जितेका छन्। शुक्रबार सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम हुँदै उनले च्याम्पियन ट्रेनर अवार्ड हात पारेका छन्। यो उपाधिसँगै उनले इन्डोनेसियाको बालीमा हुने बाली प्याराडाइज इन्टरनेशनल सोमा छनौट पनि भएका छन्। ‘मेलवर्नमा सम्पन्न पुरुषतर्फको फिटनेश च्याम्पियनसिपमा प्रथम भएँ,’ उनले टेलिफोनमा भने, ‘यससँगै आउँदो अक्टुबरमा इन्डोनेसियामा आयोजना हुने सोमा सहभागी हुने अवसर पनि मिलेको छ।’

आजै भएको फिजिक्स नोभिसतर्फ भने उनी दोस्रो भए।

उनले भोलि (आइतबार) अर्को विधातर्फ पनि भिड्न लागेको बताए। त्यस विधामा प्रथम भए फिटनेश वर्ल्ड च्याम्पियनसिपमा जाने बाटो खुल्ने उनले बताए। ‘भोलि अर्को विधामा पनि भाग लिँदैछु। यसले मेरो वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने बाटो खोल्नसक्छ,’ सुनसरी घर भएका २९ वर्षीय चौधरीले भने।

यसअघि गत चैतमा उनले अन्तर्राष्ट्रिय नेचुरल बडि विल्डिङ एसोसियशनको प्रतिस्पर्धामा दुई वटा गोल्ड मेडल हात पारेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *