Beti

नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेकाे आदिवासी चलचित्र महोत्सवमा थारू फिल्म बेटी प्रदर्शन गरिएके छ। बेटीका निर्माता तथा निर्देशक परशुराम चौधरीले कुनै बेला आदिवासी चलचित्रको कुरा गर्दा थारु भाषा पनि हुन्छ र भन्नेहरुलाइ थारुभाषाको महत्व र थारु कलासंस्कृतिको पहिचान बुझाएर दुई दशक अगाडिबाट थारुभाषाका चलचित्र निर्माण गर्दैआएको बताए।

थारु जाति नेपालको आदिवासी जनजातिको पहिचान तथा शान भएको उल्लेख गर्दै उनले थारु भाषालाई जोगाउन चलचित्रले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे।

सामाजिक अभियन्ता मन्जु रानामगरले बेटीले समाजमा छेराछेरीके भेदभावलाइ उजागर गरेकाे बताइन्। उनले छोरीचेलीको जन्मलाई अझै पनि निराशाको आँखाले हेर्ने गरिएकाे बताइन्।

रेणु चौधरीको लेखन रहेको चलचित्र बेटीमा सामाजिक सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई प्रस्तुत गर्ने कार्य गरेको छ। दुई दर्जनभन्दा थारुभाषी चलचित्रका निर्माता तथा निर्देशक परशुराम चौधरी चलचित्र बेटी महोत्सवमा छनौट भएर प्रदर्शन हुनु र दर्शकको मन जित्न सफल भएकाे बताए।

चलचित्रमा परशुराम चौधरी, रेणु चौधरी, सबिता चौधरी, सबिता राजबंसी, गणेश न्यौपाने, हरि प्रसाद चौधरी, अच्मित्लाल चौधरीकाे अभिनय छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *