bakasखोटाङको राखाबांदेल–९ की ३२ वर्षीय लक्ष्मी राई दुबई जाने अन्तिम तयारीमा थिइन्। हाल राजधानीमा बस्दै आएकी लक्ष्मी विदेश जानुअघि एकपटक आमा र दाईलाई भेट गर्न भनेर राखाबांदेल पनि आइन्। गाउँ आएलगत्तै राजधानी फर्किएकी उनी महादेवस्थान–१ बर्खेटारमा मंगलबार भएको बस दुर्घटनामा बितिन्।
विदेश जाने, सम्पत्ति कमाउने अनि स्वदेश फर्केर परिवारसँग सुखसयलका साथ जीवन बिताउने सपना बोकेर घरबाट बिदा भएकी लक्ष्मीले जिल्लाकै बर्खेटार पार गर्न पाइनन्। विदेशबाट बहिनीले पठाएको पैसा बु‰ने आसमा आशिर्वाद दिएर बिदा गरेका दाइ जयकुमार राईले उल्टै बहिनीको शव बुझ्नुपर्यो। ‘समस्या परेका बेलामा पैसा पठाइदिन्छु’ भन्दै हिँडेकी लक्ष्मीलाई दुई दिनमै बाकसमा हालेर गाउँ पुर्याइयो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *