फाइल तस्बिर

विश्व क्रिकेट लिग म्पियसिपमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले ।

उनीहरुले १४.३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो ।

शरद र विनोदले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका छन् । शरदले अर्धशतक पूरा गरेर नटआउट रहे भने विनोद पनि ४० रनमा नटआउट रहे ।

नेपाली टोलीका फिनिसरका रुपमा रहेका शरदले अन्तिम बलमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् । ९९ बलमा उनले ३ चौका हानेका थिए । त्यस्तै ४९ बलमा ४० रन पूरा गर्ने क्रममा विनोदले ३ छक्का र एक चौका हानेका छन् ।

नामिबियाले ३४ रन एक्स्ट्रा दिएपछि नेपाललाई ५ विकेटको जित हात पार्न सहज बनेको हो ।

पहिलो इनिङमा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।

http://bit.ly/1WwQJ05




Leave a Reply

Your email address will not be published. Required fields are marked *