पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन भएको छ । उनले उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

कम्युनिस्ट आन्दोलनका अगुवा बारा गडहल-५ निवासी ६९ वर्षीय चौधरी विसं २०४८ साल र ०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *