Selfieभारतको देहरादुनका एक व्यक्तिले गत साता प्रेमिकासँग सेल्फी लिए र त्यसपछि घाँटी रेटेर उनको हत्या गरिदिए। २७ वर्षीय आशिष कुमारले देहरादुनको एउटा चिया बगानमा प्रेमिकाको यस्तो बर्बर तरिकाले हत्या गरेका हुन्।

हत्या गर्नुअघि प्रेमिकासँग उनले लिएको सेल्फी सार्वजनिक भएपछि भारतीयहरूको सामाजिक सञ्जालमा यो छ्याप्छ्याप्ती हुन पुगेको छ। फोटो सेयर गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आशिषलाई गाली बर्साइरहेका छन्। प्रेमिकासँग लिएको सेल्फी अरू कसैले नभई आशिषले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

प्रेमिकाको हत्या गरेर फरार भएका आशिष केही दिनपछि रक्ताम्य अवस्थामा फेला परेका थिए। नाडीको नशा काटेर उनले आत्महत्या प्रयास गरे पनि घाइते अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो। प्रहरीको निगरानीमा अहिले उनको उपचार भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *