Sushil koirala sab yatra

थरुहट तराई पार्टी नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति संवेदनाप्रति प्रकट गरेको छ। पार्टीका अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा कोइरालाको असमायिक निधनले स्तब्ध बनाएको उल्लेख छ।

‘उहाँको दुःखद निधनले मुलुक एउटा कुशल, कर्मठ नेता गुमाउनु को साथै राष्ट्रलाई अपूरणीय क्षति भएको छ। उहाँको दुःखद निधन प्रति थरुहट तराई पार्टी नेपाल र सम्पूर्ण पार्टी परिवारको तर्फबाट दिवगंत मृत आत्माको चीर शान्तिको कामनासहित हार्दिक सम्वेदना व्यक्त गर्दै श्रद्धाजञ्ली अपर्ण गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

कोइरालाको मंगलबार बिहान निधन भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *