hatyaबाँकेको कोहलपुरमा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कोहलपुर नगरपालिका ९ झण्डहवाका ७ वर्षीय आकाश थारुको घाँटी काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। माघ २४ गते साझदेखि बेपत्ता भएका बालकको शव बुधबार बिहान घर नजिकैको परालको कुन्युभित्र फेला परेको हो।

रगतले लत्पतिएको शव बोरामा हाली परालको कुन्युभित्र लुकाइराखेको अवस्थामा फेला परेको हो। एक मात्र छोराको हत्या भएपछि बाबुआमा बेहोस भएका छन्। सम्पत्तिको नाममा सानो झुपडी मात्र भएका परिवारले ज्याला मजदुरी गरी जिविका चलाउँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए।

बालकको हत्यापछि झण्डहवा गाउँ शोकमा डुबेको छ। शवको पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल लगिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *