Mahila Vollyball

भलिबलमा महिलातर्फ कांस्य पदक जितेको छ । इन्दिरा गान्धी स्टेडियमको कोर्टमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै कांस्य पदक जितेको हो। माल्दिभ्सबिरुद्ध नेपालले २५–२०, २५–१३, २५–१४ को नतिजा निकालेको थियो । नेपालले महिला भलिबलमा सागको कांस्य पदक जितको यो दोस्रोपटक हो । नेपालले कोलम्बोमा सन् २००६ मा सम्पन्न १० औं संस्करणमा कांस्य जितेको थियो ।

पुरुष टोली भने बाहिरिइसकेको छ। पुरुष टोलीले भने नेपालमै सन् १९९९ मा भएको आठौं संस्करणमा कांस्य पदक जितेको थियो। नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले श्रीलंकासँगको हारले गर्दा नेपालले फाइनलको अवसर गुमाएको बताए । उनले भने, ‘श्रीलंकासँग हाम्रो प्राविधिक कमजोरी रह्यो । समान स्तरको टोलीलाई हराउन नसक्दा फाइनलमा पुग्न सकेनौं । त्यसले गर्दा फाइनल पुग्न लक्ष्य असफल भयो । समग्रमा महिला भलिबलको प्रर्दशन उत्कृष्ट छ ।’

महिला भलिबलले जितेको कांस्य पदक जारी सागमा टिम स्पर्धाको खेलमा पहिलो हो। टोलीलाई हौसला बढाउन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव केशवकुमार विष्ट लगायत कोर्टमा पुगेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *