Surendra Mahato

अधिवक्ता सुरेन्द्र महतोले अहिलेको संघीयतामा रुप र सार केही नभएको बताएका छन् । उनले नेपालमा बनाइएको संघीयता हावामा झुन्डिएको मुर्तीजस्तो भएको बताए । ‘अहिलेको संघीयतामा न रुप छ, न सार छ, न जान छ । यो त हावामा झुन्डिएको मर्तीजस्तो छ,’ थारु कल्याणकारिणी सभाले आयोजना गरेको प्रशिक्षण भेलामा संघीयता र राज्यपुनःसंरचनाबारे प्रशिक्षण दिँदै महतोले भने।

उनले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा संघीयता बनाउन पहिलो संविधानसभाले स्वीकारे पनि केही नेताको हठले संघीयताको ढाँचा नै बिगारेको बताए ।

उनले नेपालको संविधान २०७२ लाई कालो संविधानको रुपमा ब्याख्या गरे । ‘थारु मधेसी आदिवासीहरुले यो संविधान जलाइसकेका छन् । तसर्थ यो कालो संविधान हो,’ उनले भने । उनले थारु मधेसी उठाएको मागको सम्बोधन पनि हालसम्म नभएको बताए । त्यसैले थारु आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाउनेपर्ने उनको जोड थियो ।

उनले यो संविधानमा आत्म निर्णयको अधिकार, स्वयतत्ता, स्वशासन तथा भूमिमाथिको अधिकारलाई लत्याएको आरोप लगाए । ‘छिमेकी देश भारतमा एक दर्जनभन्दा बढी पहिचानका प्रदेशहरू पंजाब, गुजरात, तमिलनाडु, केरेला, बंगाल, महाराष्ट्र छन्। तर खोइ त टुक्रिएको, बरू राष्ट्रियता बलियो भएको छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *