Tha Ka Sa Korea 02दक्षिण कोरियामा बसोबास गर्ने थारुहरुले थारु कल्याणकारिणी सभाको च्याप्टर विस्तार गरेको छ। आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष एवं कार्यबाहक पवन राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनले पुष्प चौधरी (सप्तरी)को अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा चितवनका शिवनारायण चौधरी, सचिवमा सुनसरीका विनोद चौधरी, उपसचिवमा मोरङका सृता चौधरी र कोषाध्यक्षमा कैलालीका अमर चौधरी छन्।

Tha Ka Sa Korea 03त्यस्तै समितिको सदस्यहरुमा पर्साका शिवशंकर महतो थारु, चितवनका लीलामणि चौधरी, सुर्खेतका नेत्रबहादुर चौधरी, रुपन्देहीका चन्द्रबहादुर चौधरी, नवलपरासीका वसन्त महतो र बर्दियाका जगतबहादुर चौधरी छन्। भेलाले कैलालीका मोहन दहित चौधरीलाई केन्द्रीय पार्षदको रुपमा चुनेको छ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित भेलामा सयभन्दा बढी थारुहरुको उपस्थिति थियो। कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष अन्जु केसी र एनआरएनएका उपाध्यक्ष जुनु गुरुङको पनि उपस्थिति थियो।

Tha Ka Sa Korea 01भेलाले चार बुँदे घोषणापत्र पनि जारी गरिएको कोरियाबाट मोहन दहित चौधरीले जानकारी दिए। उनका अनुसार समिति थारु कल्याणकारिणी सभाको मातहतमा रहने, कोरियाका सबै थारुहरुलाई एकीकृत गरी आपतविपद् परेका बेला सहयोग गर्ने, थारु भएका सबै देशमा थाकसको विस्तार गर्न पहल गर्ने र थारु कला संस्कृतिको प्रवर्द्धन र विकासमा सहयोग पुर्यालउने घोषणा पत्रमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *