Naba youg

१२औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको छ। नेपालका लागि नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्। नवयुगले यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा पनि ह्याट्रिक गरेका थिए।

आइतबार ‘बी’ समूह अन्तर्गतको खेलमा श्रष्ठले २३, ७४ र ८५औं मिनेटमा गोल गरे। त्यस्तै विशाल राई र अन्जन विष्टले एक एक गोल गरे।

दक्षिण एसियाली खेलकुदमा नेपालको यु-२३ टिम सहभागी छ। यसअघि महिला फुटबलमा नेपालले माल्दिभ्सलाई २-० गोलले पराजित गर्यो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *