CK lal

राजनीतिक विश्लेषक सीके लालले थारु नेताहरु भ्रममा रहेको बताएका छन्। उनले केही नबोलिकन सबकुछ पाइने भ्रम थारु नेताहरुमा रहेको प्रष्ट पारे। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा लालले भने- ‘आफैँ नबोली केही कुरा पाइँदैन, तसर्थ बोल्नुपर्छ। थारूहरू बोल्ने स्वाभावका हुँदैन, उसको स्वाभाव अरूले बुझिदिओस् भन्ने हुन्छ। अहिले विभिन्न दलमा लागेका थारू नेताहरू यही भ्रममा छन्। तसर्थ उनीहरु अगुवा बन्ने प्रयास गर्नुपर्छ।’ सशक्त र सशक्तताबारे थारुहरुलाई प्रशिक्षण दिँदै लालले भूगोल बुझ्न इतिहास बुझ्नुपर्ने, इतिहास बुझ्न समाज बुझ्नुपर्ने, समाज बुझ्न संस्कृति बुझ्नुपर्ने र यसले सशक्तता उत्पन्न गर्ने बताए।

Tha Ka Sa Lahan

उनले गौतम बुद्धको भनाई उद्धृत गर्दै उनले असमानताले दुःख उत्पन्न गर्ने बताए। ‘गौतम बुद्धले २५०० वर्षअगाडि भन्नुभएको थियो- असमानताले दुःख उत्पन्न गर्छ, कलेश उत्पन्न गर्छ, विद्रोह उत्पन्न गर्छ। दुःखबाट बच्ने उपाय बुद्धले भन्नुभएको बुद्धम शरणम गच्छामी, धमम् शरणम गच्छामी,’ लाले भने, ‘बुद्ध भनेको संसार बुझ्न मान्छे हो, संसार बुझ्ने मान्छे हो। बुद्ध बन्नको लागि बुद्धिमानी मात्र हुँदैन। समाजलाई बुझेको हुनुपर्छ। मान्छे खुट्याउन सक्नुभएन भने संघ बन्दैन, शक्ति बन्दैन, शक्ति बन्दैन भन्ने सशक्त बन्दैन।’

उनले संघ बन्नको लागि समानता चाहिने बताए। ‘प्रशिक्षण भेलामा सबै सँगै एकै ठाउँमा बसेको हुनाले यसरी यसले संघ निर्माण गर्छ, यसलाई म सम्मान तथा नमन गर्छु,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *