1. Devi Chaudhary 02

भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो पदक दिलाएकी छिन्। ५३ केजी स्पर्धामा कास्यपदक जित्दै उनी यो सागमा पदक जित्ने पहिलो नेपाली भएकी हुन्। ३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन्। पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन्। यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते। सागमा महिला भारोत्तोलन यसैपाली समावेश गरिएको हो।

Devi Chaudhary

त्यस्तै भारोत्तोलक विकास थापाले पनि नेपालका लागि पदक दिलाएका छन्। दिसपुरस्थित भोगेसवारी फुकानानी इन्डोर स्टेडियममा शनिबार भएको पुरुष ६२ केजी तौल समूहमा विकासले रजत पदक जितेका हुन्। विकासले स्न्याचमा १ सय १२ केजीमा पदक जितेका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *