PAY-Debauchery-in-the-jungleकोलम्बियाली सेनाले त्यहाँको विद्रोही समूह नेसनल लिबरेसन आर्मीले आश्रय लिइरहेको ठाउँमा अचानक घेराउ गरी धरपकड गर्दा केही विद्रोही पक्राउ परेका छन्। पक्राउ परेका विद्रोहीहरू बिकिनी लगाइरहेको अवस्थामा फेला परेको बेलायती पत्रिका ‘द मिरर’ले जनाएको छ।

दुई गुप्तचर अधिकारीले कोलम्बियाको एउटा जंगल क्षेत्रमा विद्रोहीहरूले आश्रय लिएको भनी दिएको सूचनाका आधारमा कोलम्बियाली सेनाले जंगल क्षेत्रमा हठात् धरपकड गरेको थियो। सेनाले धरपकड गर्दा जंगलभित्र विद्रोहीहरू कुनै सन्दरी प्रतियोगिताको झल्को आउनेगरी पार्टी गरिरहेका थिए। उनीहरूमध्ये केहीले बिकिनी लगाएका थिए र र्‍याम्पमा हिँडेजस्तो गरिरहेका थिए।

विद्रोहीहरूले पार्टी गर्दैगर्दा खिचेको भिडियोलगायत धरपकड गर्दा ताकाको फोटो कोलम्बियाली सेनाले सार्वजनिक गरेपछि विद्रोहीहरूको बिकिनी अवतार सार्वजनिक भएको हो। सो विद्रोही समूहले कोलम्बियाका ग्रामीण क्षेत्रमा सशस्त्र संघर्ष गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *