Rajkumar Lekhi

थारु कल्यणकारिणी सभाका प्रशिक्षण विभाग प्रमुख राजकुमार लेखीले माग पुरा नभए जारी आन्दोलन ४/५ बर्षसम्म पनि लम्बिन सक्ने बताएका छन् । सिरहाको लहानमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा लेखीले मधेसी, थारु, जनजाति लगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन चल्ने बताए । उनले भने, ‘वार्ता र सम्वादको माध्यमबाट माग पूरा गर्न सरकारलाई हाम्रो आग्रह छ । यदि माग पुरा नभए ४/५ बर्षसम्म पनि आन्दोलन चल्न सक्छ ।’

आन्दोलनमा उताव चढाब आउने गरेको बताउँदै लेखीले अब आन्दोलन विस्तारै फेरी कडा बनाउने चेतावनी दिए । उनले मधेसमा अलग अलग आन्दोलन गरिरहेका हरेक शक्ति मिलेर महागठबन्धन बनाई आन्दोलन कडा पार्ने पनि बताए ।

एक छुट्टै प्रसँगमा उनले वर्तमान सरकारका उपप्रधानमन्त्री बनेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारलाई ‘शासक’को संज्ञा दिए। शासकको जात नहुने गरेको बताउँदै लेखीले भने- गच्छदार थारु नभई शासक रहेको आफैँले पुष्टि गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *